logo

२०८३ साउन १३ बुधबार

‘देववाणी’को छायाँकन सुरु

‘देववाणी’को छायाँकन सुरु


हाम्रो राष्ट्र
  • शनिबार, १३ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । निर्देशक बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुने फिल्म ‘देववाणी’को छायाँकन सुरु भएको छ । बाराको सिमरामा फिल्मको क्लाइमक्स दृश्यबाट छायाँकन सुरु गरिएको हो ।

    फिल्मको क्लाइमेक्सको एक्सन दृश्यमा श्री श्रेष्ठको द्वन्द्व छ । क्लाइमेक्स दृश्यमा कुन्दन भारद्वाज, रविन्द्र झा, सुनील थापा, मौसम पौडेल र अनुजा लेप्चा छन् ।

    मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा बनिरहेको फिल्म सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा खिचिनेछ ।
    फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको अभिनय छ । फिल्ममा निराजन मेहता मन्जिलको कथा, हरिबहादुर घलेको छायांकन, बन्देप्रसादको सम्पादन र श्री श्रेष्ठको द्वन्द्व रहनेछ ।

    मौसम पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता छन् । महेन्द्र यादव कार्यकारी निर्माता रहेको फिल्ममा तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको संगीत र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहनेछ । फिल्म नेपाली र हिन्दी भाषामा निर्माण हुनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend