काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटाए फिल्म चल्न नदिने चेतावनी दिएका छन् ।
बिहीबार साँझ सामाजिक संजालमार्फत मेयर साहले त्यो शब्द हटाउन तीन दिनको समय दिएका छन् । उनले यो नसच्याए काठमाडौंमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएका छन् ।
उनले भनेका छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तबसम्म काठमाडौं महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस् ।’
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend