logo

२०८३ साउन १३ बुधबार

नर्सिङ कलेजमा तत्काल भर्ना खोल्न माग

नर्सिङ कलेजमा तत्काल भर्ना खोल्न माग


हाम्रो राष्ट्र
  • आइतबार, २८ साउन २०८०
  • 1.2K
    SHARES

    लुम्बिनी । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)लाई पुनर्संरचनागरी नर्सिङ कलेजमा तत्काल भर्ना खोल्न माग गरेको छ ।

    संघर्ष समिति लुम्बिनीले आइतवार बुटवलमा पत्रकार सम्मेलन गरी नर्सिङ कलेजमा तत्काल भर्ना खोल्न माग गरेको हो । समितिले चिकित्सा शिक्षा आयोग र सीटीईभीटीको बदनीयतले प्रि–डिप्लोमा र डिप्लोमा तहका २२८ शिक्षण संस्था (स्टार्फ नर्स कलेज) बन्द भएको भन्दै चिकित्सा शिक्षा ऐन संशोधनगरी पठनपाठन सञ्चालनको व्यवस्था गर्न समितिले माग गरेको हो ।

    समितिले १४ बुँदे माग राख्दै आन्दोलनको घोषणा समेत गरेको हो । फोरम फर टेक्निकल साइन्सका केन्द्रीय सल्लाहकार चिरञ्जीवी जोशीले नर्सिङ तथा पारामेडिककल विषयहरू चिकित्सा शिक्षाबाट अलग गरी सञ्चालन गर्न पाउनुपर्ने बताए ।

    चिकित्सा शिक्षा आयोग गठन भएदेखि सीटीईभीटीअन्तर्गत सञ्चालित प्रि–डिप्लोमा तहका स्वास्थ्य विषयका १३७, डिप्लोमा तहका ७३, बीएनका १० र बीएस्सी नर्सिङका ८ वटा गरी २२८ वटा शिक्षण संस्था बन्द भएका छन् ।

    प्रि–डिप्लोमा तहमा मात्र ३ वर्षसम्म वार्षिक ९३० जना, डिप्लोमा तहका २९० र स्नातक तहका ११६ गरी १ हजार ३३६ जना विद्यार्थीहरूको छात्रवृत्तिमा अध्ययन गर्ने अवसर खेर गएको छ ।

    निजी प्राविधिक शिक्षालय महासंघ नेपालका केन्द्रीय सदस्य डीपी खनालले नर्सिङ कलेज बन्द हुँदा दुर्गम ग्रामीण क्षेत्रका जनता स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था सृजना भइसकेको बताए । फोरम फर टेक्निकल साइन्स लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष गोविन्द खनालले नर्सिङ कलेज बन्द हुँदा विद्यार्थी पलायन भएको उल्लेख गर्दै अबको दुई वर्षपछि मुलुकमा विदेशबाट नर्सहरू ल्याउनुपर्ने अवस्था आउने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend