logo

२०८३ कार्तिक १२ बुधबार

मेडिकल काउन्सिलका पदाधिकारी र सिआइबीका अनुसन्धानकर्तामाथि छानबिन गर्न चिकित्सक संघको माग

मेडिकल काउन्सिलका पदाधिकारी र सिआइबीका अनुसन्धानकर्तामाथि छानबिन गर्न चिकित्सक संघको माग


हाम्रो राष्ट्र
  • सोमबार, २९ साउन २०८०
  • 1.3K
    SHARES

     

    काठमाडौँ । नेपाल चिकित्सक सङ्घले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले डा रञ्जितकुमार यादवलाई पक्राउ गरी मानसिक तनाव र मानमर्दन गरी न्यूनतम मानव अधिकारको हनन गरेको भन्दै आपत्ति जनाएको छ ।

    सङ्घले सोमबार विज्ञप्ति जारी गरी डा यादवलाई सिआइबीले गलत विवरणका आधारमा पक्राउ गरेको भन्दै विवरण उपलब्ध गराउने नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र सिआइबीका अनुसन्धानकर्तामाथि छानबिन र कारबाहीको मागसमेत गरेको छ ।

    सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस्ता प्रकारको त्रुटिपूर्ण अनुसन्धान प्रक्रियाको विश्वसनीयतामा समेत गम्भीर प्रश्नचिह्न खडा भएकाले यस कार्यमा संलग्न नेपाल मेडिकल काउन्सिलका पदाधिकारी तथा सिआइबीका अनुसन्धानकर्तामाथि अविलम्ब छानबिन गरी कडाभन्दा कडा कानूनी कारबाही गर्न जोडदार माग गर्दछ ।”

    सङ्घका आजीवन सदस्य डा यादवलाई सिआइबीले चिकित्सकविरुद्ध चलाएको ‘अपरेसन फोक्सट्रोट’मा गत साउन २५ गते पक्राउ गरेको थियो । सिआइबीले एसएलसी र प्लस टूको मार्कसिटमा कीर्ते गरेर नम्बर थपघट गरेर एमबिबिएस अध्ययन गरेका नक्कली चिकित्सकमाथि अनुसन्धान गर्ने क्रममा उनलाई पक्राउ गरेको थियो ।

    “कुनै पनि सरोकार नभएका चिकित्सकलाई नक्कली भनी पक्राउ गरेर समाजमा त्रसित वातावरणको सिर्जना गर्ने, बिरामी र चिकित्सक बीचको सम्बन्धमा कमी ल्याउने, मानवीय भावनामा गम्भीर चोट पुर्याउने तथा चिकित्सकीय सेवालाई नै दूषित तुल्याउने कार्यको जति निन्दा गरे पनि कमै हुन्छ”, विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend