logo

२०८३ साउन १३ बुधबार

राम्रा रणनीति र कार्ययोजना मन्त्री फेरिएपछि पनि कार्यान्वयन गरिनु पर्छ : स्वास्थ्यमन्त्री बस्नेत

राम्रा रणनीति र कार्ययोजना मन्त्री फेरिएपछि पनि कार्यान्वयन गरिनु पर्छ : स्वास्थ्यमन्त्री बस्नेत


हाम्रो राष्ट्र
  • आइतबार, १० भाद्र २०८०
  • 1.2K
    SHARES

    पाटन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राम्रा रणनीति र कार्ययोजना मन्त्री फेरिएपछि पनि कार्यान्वयन गरिनुपर्ने बताएका छन् ।

    आइतबार ‘मेरो पोषण साथी मोबाइल एप’का साथै डिजिटल पुस्तकालय र स्रोत केन्द्रको शुभारम्भ गर्दैै उनले राम्रा रणनीति र कार्ययोजना त्यसै थन्क्याउने र अलपत्र पार्ने परिपाटी बन्द गर्नुपर्ने बताए । यस्तो गर्दा सरकारको ठूलो लगानी खेर जाने र नागरिकले प्रतिफल पनि नपाउने हुँदा समस्या निम्तिने मन्त्री बस्नेतको भनाइ थियो ।

    “आधारभूत स्वास्थ्य सेवा गाउँमा पुर्याउनुपर्ने कुरामा पक्षपातपूर्ण व्यवहार गरिएको थियो । हामीले यो तीन महिनामा उल्लेख्य काम गरेका छौँ । शक्तिको भरमा विभिन्न बाहानामा राजधानीमा मात्रै थुप्रिएर बसेका आठ सयभन्दा बढी काजका कर्मचारीलाई सम्बन्धित ठाउँमा पठाएका छौँं । अझै तीन महिनाभित्र धेरै प्रगति हुन्छ । हामीले राम्रा काम आफैबाट सुरु गर्नुपर्छ”, उनले भने ।

    स्वास्थ्य, शिक्षा र खाद्यान्न जनताको नैसर्गिक अधिकार हो भनेर संविधानमा नै व्यवस्था गरिएको तर्फ जोड दिँदै मन्त्री बस्नेतले हरेक नागरिक रोगबाट पीडित नहुने गरी प्रभावकारी ढङ्गबाट सातै प्रदेशमा अभियानको रुपमा स्वास्थ्य सचेतनाका कार्य राष्ट्रव्यापी रुपमा लैजानुपर्छ भन्ने धारणा राखे ।

    रोग लागेर उपचार गर्नुभन्दा उपचार गर्नुपर्ने अवस्था सिर्जना हुन नदिनका लागि सचेतना जगाउन एप र स्रोत केन्द्र प्रभावकारी हुने मन्त्री बस्नेतले बताए ।

    मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले स्वस्थ नागरिकका लागि स्वस्थ आमा र स्वस्थ बालकका लागि उपयोगी हुने मोबाइल एफ तथा डिजिटल स्रोतकेन्द्र उपयोगी र महत्वपूर्ण हुने बताइन् । उनले समग्र स्वास्थ प्रणालीलाई सुधार ल्याउन नागरिकको स्वास्थ्यसम्बन्धी अधिकारलाई कार्यान्वयन गर्न यो प्रयास महत्वपूर्ण हुने बताइन् ।

    मन्त्रालयका अतिरिक्त सचिव सङ्गीता कौशलले एपले गर्भवती तथा सुत्केरीलाई घरमा भएको खानाको उपयोगबारे जान्न तथा महिलाले सम्पूर्ण जानकारी आफै लिनसक्ने आधार तय भएको बताइन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend