logo

२०८३ साउन १४ बिहिबार

चिकित्सक कुटपिट गर्नेलाई ७२ घण्टाभित्र कारबाही नगरे आन्दोलन गर्ने चिकित्सक संघको चेतावनी

चिकित्सक कुटपिट गर्नेलाई ७२ घण्टाभित्र कारबाही नगरे आन्दोलन गर्ने चिकित्सक संघको चेतावनी


हाम्रो राष्ट्र
  • बिहिबार, २८ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल चिकित्सक संघले हेटौँडामा चिकित्सकमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारवाही नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नियमित रुपमा उपचार प्रक्रियालाई इमान्दारितापूर्वक पालना गरी अघि बढाउदा पनि चिकित्सकमाथि आक्रमण भएको भन्दै ७२ घण्टाभित्र आवश्यक कारबाही नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो ।

    चिकित्सकमाथि आक्रमणका साथै पटक पटक धम्की आएको भन्दै राज्य गम्भीर हुनुपर्ने संघको भनाइ छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले चार जनालाई पक्राउ गरेपछि आवश्यक कारबाही नहुने देखिएकाले सरकारलाई अल्टिमेटम दिनुपरेको बताए ।

    उनले अन्य अस्पतालमा बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकलाई हातपात गर्ने जस्तो अस्वभाविक र अमानवीय घटना सामान्य नभएको जिकिर गरे।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend