logo

२०८३ साउन १४ बिहिबार

‘जुलेबी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

‘जुलेबी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक


हाम्रो राष्ट्र
  • बुधबार, २४ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नारी दिवसको अवसर पारेर चलचित्र ‘जुलेबी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।

    सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भुमिका रहेको चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय रहेको छ। चलचित्रको फर्स्ट लुकलाइ कलात्मक रुपमा बनाइएको छ।

    एथोलजी विधामा रहेको यस चलचित्रमा नारी पात्रको शशक्त र अब्बल अभिनय रहेको छ। चार नारी पात्रको कथा समेटिएको यस चलचित्रमा नारीहरुको विभिन्न रूप र रंगका साथ बाँधिएको छ ।

    चार जना नारीलाइ मुख्य पात्र बनाएर निर्माण गरिएको चलचित्रको निर्माता पनि नारी नै रहेकी छन्। चलचित्रको निर्माता आभा शर्मा नेपाल हुन् । फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण बहेको चलचित्रमा चार नारी पात्रको कथा समेटिएको छ।

    चलचित्रका निर्देशक गणेश देव पाण्डे हुन्। जसले यो भन्दा पहिले मन्जरी, गाजा बाजा जस्ता सफल चलचित्र निर्देशन गरी सकेका छन् । बिबेक खड्काको छायाँकन रहेको चलचित्रको सम्पादन अन्जय खड्काले गरेका छन् ।

    चलचित्रको कार्यकारी निर्माता नविन भट्टले हुन् । चलचित्रको प्रदर्शन मिति भने फाइनल हुन बाँकी रहेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend