logo

२०८३ साउन १३ बुधबार

अञ्जु पन्तको ‘आफू गयौ नेटो काटी’

अञ्जु पन्तको ‘आफू गयौ नेटो काटी’


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । एकल महिलाप्रति समर्पित ‘आफू गयौ नेटो काटी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । साहित्यकार राम लामा ‘अविनाशी’द्वारा निर्मित तथा वरिष्ठ कलाकार एवं निर्देशक आकाश अधिकारीद्वारा निर्देशित म्युजिक भिडियो राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष विद्याकुमारी सिन्हाले सार्वजनिक गरेकी हुन् ।

    कार्यवाहक अध्यक्ष सिन्हाले महिलाप्रति हुने विवेद अन्त्य गर्दै समाज रुपान्तरणका लागि ‘आफू गयौ नेटो काटी’ म्युजिक भिडियोबाट सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

    गीतका निर्देशक अधिकारीले शब्दमा नभई व्यवहारमा महिलालाई सम्मान गरेमात्र समाजप्रतिको दायित्व बढ्ने बताए । गीतमा अञ्जु पन्तको स्वर रहेको छ भने आकाश अधिकारी र उमा गिरीले अभिनय गरेका छन् । राम लामा ‘अविनाशी’को लय तथा शक्ति बल्लवको सङ्गीत रहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend