logo

२०८३ साउन १४ बिहिबार

गोलफेस्ट २०२५ मा रोसेटा एजुकेशन इन्टरनेशनलको प्रमुख समर्थन, युवा खेलाडीहरूलाई प्रेरित गर्ने प्रतिबद्धता

गोलफेस्ट २०२५ मा रोसेटा एजुकेशन इन्टरनेशनलको प्रमुख समर्थन, युवा खेलाडीहरूलाई प्रेरित गर्ने प्रतिबद्धता


हाम्रो राष्ट्र
  • बुधबार, २१ फाल्गुन २०८१
  • 2.6K
    SHARES

    काठमाडौं, शिक्षा र युवा सशक्तीकरणमा समर्पित रोसेटा एजुकेशन इन्टरनेशनल ले यस वर्षको बहुप्रतिक्षित फुटसल प्रतियोगिता गोलफेस्ट २०२५ को प्रमुख प्रायोजकको रूपमा साथ दिएको छ। २५०K+ पुरस्कार राशी सहितको यो प्रतियोगिता युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने एउटा ठुलो मंच प्रदान गर्दैछ।

    प्रतियोगितामा केटाहरूका लागि १२०K नगद पुरस्कार, केटीहरूका लागि ५०K नगद पुरस्कार, साथै ७०K बराबरका गिफ्ट भौचर तथा अन्य सामग्री पुरस्कार समावेश छन्। साथै, १०K फ्यान फेभरिट पुरस्कार त्यस्तो टोलीलाई प्रदान गरिनेछ जसले चार दिनको अवधिमा आफ्नो कलेजबाट सबैभन्दा धेरै समर्थकहरू जुटाउन सक्नेछ।

    रोसेटा एजुकेशन इन्टरनेशनलका संस्थापक तथा निर्देशक प्रभिन पौडेल ले खेलकुदले युवाहरूको व्यक्तित्व विकासमा खेल्ने भूमिकाबारे आफ्नो उत्साह व्यक्त गरे। “रोसेटामा, हामी शैक्षिक उत्कृष्टताको साथै समग्र विकासलाई प्राथमिकता दिन्छौं। खेलकुदले आत्मअनुशासन, टीमवर्क, र नेतृत्व क्षमताको विकास गर्न मद्दत गर्छ। गोलफेस्ट २०२५ लाई समर्थन गर्नु भनेको खेलकुद मार्फत विद्यार्थीहरूलाई प्रेरित गर्ने हाम्रो प्रतिवद्धताको प्रतिबिम्ब हो,” उनले भने।

    प्रतियोगिताको दर्ता मिति मार्च ६, २०२५ सम्म बढाइएको छ, जसले गर्दा अझ बढी टोलीहरूलाई सहभागी हुने मौका मिल्नेछ। शिक्षालय कलेज द्वारा संचालित यो इभेन्टमा विभिन्न साझेदारहरूको समर्थन रहेको छ, जसले यस वर्षको कलेज स्पोर्ट्स इभेन्टलाई ऐतिहासिक बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

    अबको केही हप्तामा गोलफेस्ट २०२५ सुरु हुँदैछ, जहाँ उत्कृष्ठ युवा फुटसल खेलाडीहरू मैदानमा भिड्दै आफ्नो क्षमता प्रमाणित गर्नेछन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend