logo

२०८३ साउन १५ शुक्रबार

पाकशाला एकेडेमी अफ हस्पिटालिटीको भव्य उद्घाटन समारोह सम्पन्न

पाकशाला एकेडेमी अफ हस्पिटालिटीको भव्य उद्घाटन समारोह सम्पन्न


हाम्रो राष्ट्र
  • आइतबार, ५ जेष्ठ २०८२
  • 15.4K
    SHARES

    काठमाडौं,  थापागाउँ, नयाँ बानेश्वरमा नवस्थापित पाकशाला एकेडेमी अफ होस्पिटालिटीको भव्य उद्घाटन समारोह आज उत्साहजनक रूपमा सम्पन्न भयो। कार्यक्रममा आतिथ्य सेवा क्षेत्रका विज्ञ, पाककलामा रुचि राख्ने विद्यार्थी, विभिन्न विद्यालयका प्रतिनिधि तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिता रह्यो।

    पाकशालाले छिट्टै बारीष्टा तालिम, बेकरी तालिम, र कुलिनरी (पाककला) तालिम सञ्चालन गर्ने घोषणा गरेको छ। कार्यक्रममा प्रमुख शेफ उपेन्द्र सागर जोशीले उपस्थित पाहुनाहरूलाई विद्यार्थीहरूले तयार पारेका स्वादिलो परिकारहरूको स्वाद लिन निमन्त्रणा गर्दै, पाककलामा रुचि राख्ने सबैलाई पाकशालाको कोर्षमा सहभागी हुन आग्रह गरे।

    त्यस्तै, संस्थापक सदस्य तथा बारीष्टा इन्स्टक्टर उमेश खड्काले आतिथ्य सेवा क्षेत्रमा भविष्य देखिरहेका युवाहरूलाई पाकशालामा तालिम लिन निम्तो दिँदै उद्घाटन समारोहमा उपस्थित सम्पूर्ण पाहुनाप्रति धन्यवाद प्रकट गरे।

    पाकशालाका शिक्षा सल्लाहकार श्री आकाश पन्तले सबै आमन्त्रित अतिथि, शुभेच्छुक र सहभागीहरूलाई विशेष धन्यवाद दिंदै पाकशालाको यो पहिलो पाइला सफल बनाउन सबैको योगदान अतुलनीय रहेको बताए।

    पाकशाला एकेडेमी अफ हस्पिटालिटीले नेपाली युवाहरूलाई व्यावसायिक तथा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य सेवा तालिम प्रदान गर्दै उनीहरूको भविष्य निर्माणमा सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend