logo

२०८३ साउन १५ शुक्रबार

नासा नेशनल सेकन्डरी स्कूलद्वारा कक्षा ११ का विद्यार्थीहरूलाई भव्य स्वागत कार्यक्रम

नासा नेशनल सेकन्डरी स्कूलद्वारा कक्षा ११ का विद्यार्थीहरूलाई भव्य स्वागत कार्यक्रम


हाम्रो राष्ट्र
  • शुक्रबार, ६ भाद्र २०८२
  • 2K
    SHARES

    काठमाडौँ , तीनकुनेस्थित नासा नेशनल सेकन्डरी स्कूलले नयाँ शैक्षिक सत्रका कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत गर्दै विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको अध्यक्षता नासा इन्टरनेशनल एजुकेशन नेटवर्क प्रा.लि.का अध्यक्ष श्री प्रकाश थापाले गर्नुभयो। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्री बिकाश सैंजु, प्रिन्सिपल श्री सुधिर कुमार झा, साथै बोर्ड अफ डाइरेक्टर्सका सदस्यहरू श्री दुर्लभ थापा (सांसद), श्री हरिशंकर पुरी, श्री दशरथ श्रेष्ठ (व्यवस्थापन संकाय शैक्षिक निर्देशक), श्री उदयकुमार झा (विज्ञान संकाय शैक्षिक निर्देशक), श्री ललित व्यास, र सुश्री पार्वती बिष्टको उपस्थिति रहेको थियो।

    त्यसैगरी श्री हरिनारायण यादव (आईटी र परीक्षा विभाग निर्देशक), श्री ओम भट्ट (होस्टल निर्देशक), सुश्री नितु कुमारी सिंह (आईटी र परीक्षा विभाग), श्री धिरेन्द्र कार्की (प्रमोटर) र श्री विमलकुमार नकर्मी (वित्तीय व्यवस्थापक) पनि कार्यक्रममा सहभागी हुनु भएको थियो।

    कार्यक्रमको सुरुवात अध्यक्ष प्रकाश थापाद्वारा दीप प्रज्वलन गर्दै गरिएको थियो। त्यसपछि राष्ट्रिय गान र श्री दशरथ श्रेष्ठद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको थियो।

    कार्यक्रमको विशेष आकर्षणका रूपमा कक्षा १२ का उत्कृष्ट विद्यार्थीहरू अजय तामाङ (व्यवस्थापन – GPA ३.९) र ज्योति ओझा (GPA ३.९२) लाई सम्मान स्वरूप टोकन अफ लभ प्रदान गरिएको थियो। यो सम्मान अध्यक्ष प्रकाश थापा, प्रमुख कार्यकारी अधिकृत बिकाश सैंजु र प्रिन्सिपल सुधिर कुमार झाको उपस्थितिमा गरिएको थियो।

    अध्यक्ष प्रकाश थापाको समापन मन्तव्यपछि कार्यक्रमको औपचारिक सत्र सम्पन्न भएको थियो भने स्वागत मन्तव्य कक्षा १२-व्यवस्थापनकी सुश्री पुर्णिमा कुमारी कार्कीले दिएकी थिइन्।

    कार्यक्रमले नासा नेशनल सेकन्डरी स्कूलको शैक्षिक उत्कृष्टता र विद्यार्थीको समग्र विकासप्रति प्रतिबद्धतालाई उजागर गर्दै नयाँ शैक्षिक वर्षलाई उत्साहपूर्ण सुरुवात दिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend