logo

२०८३ साउन १४ बिहिबार

२६औँ वार्षिकोत्सवको अवसरमा एक साता लामो विशेष कार्यक्रमको शुभारम्भ

२६औँ वार्षिकोत्सवको अवसरमा एक साता लामो विशेष कार्यक्रमको शुभारम्भ


हाम्रो राष्ट्र
  • बिहिबार, २४ पुष २०८२
  • 2.9K
    SHARES

    “Bridging Your Dreams to Reality” भन्ने मूल नारासहित सञ्चालनमा रहेको Edu-Bridge Consultancy ले आफ्नो २६औँ वार्षिकोत्सवको अवसरमा एक साता लामो विशेष कार्यक्रमको शुभारम्भ गरेको छ। जनवरी ८ देखि १४, २०२६ सम्म मनाइँदै आएको वार्षिकोत्सव सप्ताहअन्तर्गत परामर्श सेवामा विशेष छुट, गिफ्ट ह्याम्पर तथा विद्यार्थी–केन्द्रित विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ। यस अवधिमा परामर्श लिन आउने विद्यार्थीहरूका लागि आकर्षक अफर र सुनिश्चित उपहारको व्यवस्था गरिएको संस्थाले जनाएको छ।

    वार्षिकोत्सव अभियानअन्तर्गत Edu-Bridge ले परामर्श सेवामा विशेष छुट प्रदान गर्नुका साथै सहभागी सबैका लागि Sure-Shot Gift Voucher उपलब्ध गराएको छ। साथै, वार्षिकोत्सव सप्ताहमा संस्था भ्रमण गर्ने विद्यार्थीहरूले विभिन्न आकर्षक गिफ्ट ह्याम्पर जित्ने अवसरसमेत प्राप्त गर्नेछन्। यस पहलको उद्देश्य +२ (इन्टरमिडिएट) उत्तीर्ण गरी विदेश अध्ययन वा स्वदेशमै उपयुक्त शैक्षिक विकल्प खोजिरहेका विद्यार्थीहरूलाई सहयोग गर्नु रहेको बताइएको छ।

    कार्यक्रममा Edu-Bridge की ब्रान्ड एम्बेसडर अनुराधाको उपस्थिति रहेको थियो। नेपालकी चर्चित बाल साहित्यकार तथा Edu-Bridge की पूर्व विद्यार्थीसमेत रहेकी शर्माले वार्षिकोत्सव अवसरमा शुभकामना व्यक्त गर्दै +२ पश्चात उच्च शिक्षा छनोट गर्दा स्पष्टता र सूचित निर्णयको महत्व औँल्याइन्। उनले विद्यार्थीहरूका लागि जटिल देखिने उच्च शिक्षा सम्बन्धी निर्णयहरूलाई सरल र स्पष्ट बनाउँदै सही मार्गदर्शन प्रदान गर्न Edu-Bridge ले महत्वपूर्ण भूमिका खेल्दै आएको बताइन्।

    कार्यक्रममा सहभागी अतिथिहरूलाई स्वागत गर्दै Edu-Bridge की कार्यकारी निर्देशक संजिना आचार्यले विद्यार्थी–केन्द्रित, पारदर्शी र गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्ने संस्थाको दीर्घकालीन प्रतिबद्धता दोहोर्याइन्। उनले Edu-Bridge ले विद्यार्थीहरूको आकांक्षा र यथार्थपरक शैक्षिक अवसरबीच सेतुको भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिन्।

    त्यसैगरी बिजनेस डेभलपमेन्ट म्यानेजर अनिल खड्काले संस्थाको विस्तार, बढ्दो साझेदारी र विद्यार्थीको व्यक्तिगत लक्ष्यअनुसार अन्तर्राष्ट्रिय तथा स्वदेशी शैक्षिक मार्गदर्शन प्रदान गर्ने रणनीतिबारे जानकारी गराए। उनले विद्यार्थीहरूलाई विश्वव्यापी शिक्षा अवसरमा आत्मविश्वासका साथ अघि बढ्न सहयोग गर्ने संस्थाको प्रतिबद्धता व्यक्त गरे।

    संस्थाको कार्यप्रणालीबारे थप जानकारी दिँदै बिजनेस एन्ड अपरेसन म्यानेजर केजन किरण नापितले परामर्श प्रक्रिया, विद्यार्थी सहयोग प्रणाली तथा सेवा गुणस्तर सुधारका लागि गरिँदै आएका नवप्रवर्तन र दक्षता अभिवृद्धि प्रयासबारे स्पष्ट पारे।

    कार्यक्रमको समापन गर्दै प्रबन्ध निर्देशक योगेश क्षेत्रीले विगत २६ वर्षको यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने विद्यार्थी, अभिभावक, साझेदार तथा सम्पूर्ण टिमप्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा थप नवीन कार्यक्रम र विद्यार्थीमैत्री पहलमार्फत Edu-Bridge लाई अझ सशक्त बनाइने प्रतिबद्धता व्यक्त गरे।

    Edu-Bridge Consultancy ले विद्यार्थी तथा अभिभावकहरूलाई वार्षिकोत्सव सप्ताहका विशेष अफरहरूको लाभ लिन र उच्च शिक्षातर्फ स्पष्ट तथा भरोसायोग्य मार्ग पहिचान गर्न कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend