काठमाडौं । IIMS कलेज र हब इन्टरनेशनल एजुकेशनबीच विद्यार्थी परामर्श, अध्ययन विदेशसम्बन्धी मार्गदर्शन तथा करियर विकासलाई सुदृढ बनाउने उद्देश्यले समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको छ।
यस सहकार्यले IIMS कलेजको शैक्षिक उत्कृष्टता र विद्यार्थी केन्द्रित विकास सेवाहरूलाई हब इन्टरनेशनल एजुकेशनको नैतिक, पारदर्शी तथा दीर्घकालीन अध्ययन विदेश परामर्श अनुभवसँग जोड्ने विश्वास लिइएको छ। सम्झौताअनुसार हब इन्टरनेशनल एजुकेशनले IIMS कलेजका विद्यार्थीहरूलाई विभिन्न अन्तर्राष्ट्रिय अध्ययन गन्तव्य, आवेदन प्रक्रिया, तथा दीर्घकालीन शैक्षिक र करियर योजना सम्बन्धी संरचित मार्गदर्शन प्रदान गर्नेछ।
IIMS कलेजले मलेसियाको टेलर्स युनिभर्सिटीसँग सहकार्य गर्दै विदेशी डिग्री सम्बद्ध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। QS World University Rankings 253 औं स्थानमा रहेको टेलर्स युनिभर्सिटी आफ्नो शैक्षिक प्रतिष्ठा, उद्योगसँग जोडिएको पाठ्यक्रम र अन्तर्राष्ट्रिय मान्यताका लागि परिचित छ। IIMS कलेजले आधुनिक पूर्वाधार, प्रविधिमैत्री कक्षा तथा गुणस्तरीय शिक्षामा जोड दिँदै नेपालमै अन्तर्राष्ट्रिय स्तरको अध्ययन वातावरण उपलब्ध गराउँदै आएको छ।
साथै, कलेजको Growth Development and Services Department ले विद्यार्थीहरूको व्यक्तित्व विकास, करियर तयारी तथा व्यावसायिक क्षमतामा केन्द्रित भएर निरन्तर सहयोग प्रदान गर्दै आएको छ। यस MOU पछि उक्त विभागसँग सहकार्य गर्दै हब इन्टरनेशनल एजुकेशनले जिम्मेवार र सुरक्षित अध्ययन विदेश मार्गदर्शन प्रदान गर्नेछ।
हब इन्टरनेशनल एजुकेशनका ब्रान्ड तथा प्रमोशन म्यानेजर पारस पन्तले IIMS कलेजको शैक्षिक वातावरण र टेलर्स युनिभर्सिटीसँगको सहकार्यलाई प्रशंसा गर्दै विद्यार्थीहरूलाई पारदर्शी तथा भरपर्दो परामर्श प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी, IIMS कलेजका कार्यकारी अधिकृत विनय महर्जनले विद्यार्थीहरू अध्ययन विदेश प्रक्रियामा अन्योलमा पर्ने अवस्थालाई मध्यनजर गर्दै यो सहकार्य अत्यन्त उपयोगी हुने बताए। उनले यसले विद्यार्थीलाई सही सूचना र व्यवस्थित मार्गदर्शन प्रदान गरी अन्तर्राष्ट्रिय शैक्षिक यात्रामा आत्मविश्वासी निर्णय लिन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend