logo

२०८३ कार्तिक १२ बुधबार

महाशिवरात्रीमा कोइराला डेभलपमेन्ट फाउण्डेशन द्वारा निःशुल्क चिया–सर्वत सेवा

महाशिवरात्रीमा कोइराला डेभलपमेन्ट फाउण्डेशन द्वारा निःशुल्क चिया–सर्वत सेवा


हाम्रो राष्ट्र
  • आइतबार, ३ फाल्गुन २०८२
  • 4.7K
    SHARES

    काठमाडौं :महाशिवरात्रीको विशेष अवसरमा कोइराला डेभलपमेन्ट फाउण्डेशन ले दर्शनार्थी भक्तजनलाई लक्षित गर्दै निःशुल्क पानी, सर्वत तथा चिया सेवा सञ्चालन गरेको छ। २०६८ सालदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको यो सेवामूलक कार्यक्रम यस वर्ष पनि उत्साहजनक सहभागितासहित सम्पन्न भएको जनाइएको छ।

    पशुपतिनाथ मन्दिर परिसरमा राखिएको सेवा शिविरमा महाशिवरात्रीका दिन तथा रात्रिकालीन दर्शनका लागि आएका भक्तजनको उल्लेखनीय भीड देखिएको थियो। फाउण्डेशनद्वारा राखिएको ब्यानरसहितको सेवा केन्द्रमा स्वयंसेवकहरू खटिएर पानी, सर्वत तथा तातो चिया वितरण गरिरहेका दृश्य देखिन्थे। लामो समय लाइनमा बसेर दर्शन कुर्दै गरेका तथा टाढाटाढाबाट आएका श्रद्धालुहरूले उक्त सेवाबाट प्रत्यक्ष लाभ लिएका थिए।

    संस्थाका अध्यक्ष खेम राज कोइराला का अनुसार, यस वर्ष मात्र करिब तीन हजारभन्दा बढी भक्तजनले सेवा ग्रहण गरिसकेका छन्। भीड व्यवस्थापनलाई ध्यानमा राख्दै पालैपालो वितरण व्यवस्था मिलाइएको थियो भने स्वयंसेवक टोली बिहानदेखि रातिसम्म सक्रिय रहेको बताइएको छ।

    फाउण्डेशनकी सदस्य बिमला कोइराला ले धार्मिक आस्था र सामाजिक उत्तरदायित्वलाई जोड्दै हरेक वर्ष महाशिवरात्रीका अवसरमा यस्तो सेवा सञ्चालन हुँदै आएको बताउनुभयो। आगामी दिनमा सेवा क्षेत्र र परिमाण अझै विस्तार गर्ने योजना रहेको पनि उहाँको भनाइ छ।

    सेवा ग्रहण गरेका भक्तजनहरूले यस्ता कार्यक्रमले धार्मिक यात्रालाई सहज, व्यवस्थित र थप अर्थपूर्ण बनाउन सहयोग पुगेको प्रतिक्रिया दिएका छन्। महाशिवरात्री जस्तो ठूलो पर्वमा गरिएको निःशुल्क सेवा कार्यले सामाजिक सहकार्य, स्वयंसेवा भावना र मानवीय एकताको सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend