logo

२०८३ कार्तिक १९ बुधबार

UWE Bristol द्वारा काठमाडौँमा AI–Driven हाई–टेक एजेन्ट्स कन्फरेन्स आयोजना

UWE Bristol द्वारा काठमाडौँमा AI–Driven हाई–टेक एजेन्ट्स कन्फरेन्स आयोजना


हाम्रो राष्ट्र
  • शुक्रबार, २९ फाल्गुन २०८२
  • 2.5K
    SHARES

    काठमाडौँ — बेलायतको प्रतिष्ठित विश्वविद्यालय University of the West of England Bristol (UWE Bristol) ले काठमाडौँमा एजेन्ट्स कन्फरेन्स तथा नेटवर्किङ कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ। नेपालभरका प्रमुख शैक्षिक कन्सल्टेन्सी तथा साझेदारहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले शैक्षिक सहकार्य सुदृढ बनाउने, विश्वविद्यालयका नवीनतम रणनीति र कार्यक्रमबारे जानकारी साझा गर्ने तथा नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्ने लक्ष्य राखेको थियो।

    कार्यक्रममा विश्वविद्यालयका उच्च प्रतिनिधिहरू सहभागी भएका थिए। बेलायतबाट आएका हेड अफ रिक्रुटमेन्ट श्री केभिन डनले नेपालका शैक्षिक साझेदारहरूसँग प्रत्यक्ष संवाद गर्दै UWE Bristol को अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना रणनीति तथा सहकार्यका सम्भावनाबारे जानकारी दिएका थिए। साथै सिनियर म्यानेजर – रिक्रुटमेन्ट एण्ड पार्टनरसिप (भारत, नेपाल र श्रीलंका) श्री देवेश चन्देलाले दक्षिण एसियाली बजारसँग विश्वविद्यालयको बढ्दो सहकार्य, साझेदारी अवसर तथा भर्ना प्रक्रियाबारे विस्तृत प्रस्तुति दिएका थिए।

    कार्यक्रमको समन्वय UWE Bristol का लागि नेपाल र भुटानकी कन्ट्री म्यानेजर ईशा भूमि श्रेष्ठले गरेकी थिइन्। उनले नेपाली विद्यार्थीहरूमा बेलायतमा उच्च शिक्षा हासिल गर्ने चाहना बढ्दो रहेको उल्लेख गर्दै UWE Bristol ले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रदान गर्ने शैक्षिक सहयोग, करियर–केन्द्रित कार्यक्रम र विश्वव्यापी अवसरहरूबारे जानकारी दिएकी थिइन्।

    कन्फरेन्स हाई–टेक तथा AI–ड्रिभन प्रस्तुति शैलीमा सञ्चालन गरिएको थियो, जसले सत्रलाई थप अन्तरक्रियात्मक, आकर्षक र जानकारीमूलक बनाएको थियो। सहभागी कन्सल्टेन्सी प्रतिनिधिहरूलाई विश्वविद्यालयका नयाँ शैक्षिक कार्यक्रम, विद्यार्थी सहयोग सेवा तथा भविष्यका सहकार्यका अवसरबारे जानकारी गराइएको थियो।

    कार्यक्रमलाई अझ रोचक र सृजनात्मक बनाउन विभिन्न जानकारीमूलक क्विज र इन्टरएक्टिभ खेलहरू समेत आयोजना गरिएको थियो। UWE Bristol तथा बेलायती शिक्षा प्रणालीसम्बन्धी ज्ञान परीक्षण गर्ने उद्देश्यले सञ्चालन गरिएका ती गतिविधिमा सहभागीहरूले उत्साहपूर्वक भाग लिएका थिए। क्विज र खेलमा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई UWE Bristol टोलीद्वारा पुरस्कार प्रदान गरिएको थियो।

    त्यसैगरी कार्यक्रममा सहभागी भएका विभिन्न शैक्षिक कन्सल्टेन्सी प्रतिनिधिहरूलाई सम्मानपत्र प्रदान गर्दै उनीहरूको योगदानप्रति विश्वविद्यालयले कृतज्ञता व्यक्त गरेको थियो।

    औपचारिक सत्रपछि आयोजना गरिएको नेटवर्किङ कार्यक्रममा शिक्षा क्षेत्रका साझेदारहरू र विश्वविद्यालय प्रतिनिधिहरूबीच विचार आदान–प्रदान तथा भविष्यका सहकार्यका सम्भावनाबारे छलफल भएको थियो। जसले ब्रिस्टोलको शैक्षिक भावना र उत्कृष्टतालाई काठमाडौँमा प्रतिविम्बित गर्ने प्रतीकात्मक सन्देश दिएको छ।

    यस्ता कार्यक्रममार्फत UWE Bristol ले नेपालसँगको शैक्षिक सहकार्यलाई अझ सुदृढ बनाउँदै नेपाली विद्यार्थीहरूलाई बेलायतमा उच्च शिक्षा अध्ययन गर्ने थप अवसरहरू विस्तार गर्ने विश्वास व्यक्त गरेको छ।

    Additional News

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend