logo

२०८३ भाद्र १७ बुधबार

ललितपुरमा फेडरेसन युनिभर्सिटी अष्ट्रेलियाको ‘स्टुडेन्ट इन्फो सेसन’ सफलतापूर्वक सम्पन्न

ललितपुरमा फेडरेसन युनिभर्सिटी अष्ट्रेलियाको ‘स्टुडेन्ट इन्फो सेसन’ सफलतापूर्वक सम्पन्न


हाम्रो राष्ट्र
  • शुक्रबार, २७ चैत्र २०८२
  • 1.2K
    SHARES

    ललितपुर — ड्रिम नेक्स्ट एजुकेशन फाउन्डेशनले जीएसपी नेपालको सहकार्यमा फेडरेसन युनिभर्सिटी अष्ट्रेलियासँग सम्बन्धित एक विशेष ‘स्टुडेन्ट इन्फो सेसन’ सफलतापूर्वक सम्पन्न गरेको छ। वैदेशिक उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरूलाई लक्षित गरी यो परामर्श कार्यक्रम आयोजना गरिएको हो।

    कार्यक्रममा फेडरेसन युनिभर्सिटी अष्ट्रेलियाका नेपालस्थित इन-कन्ट्री रिक्रूटमेन्ट म्यानेजर विजय थापाले विश्वविद्यालयका शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया, करियरका अवसर र अष्ट्रेलियाको विद्यार्थी जीवनका बारेमा विस्तृत जानकारी गराउनुभयो। उहाँले विद्यार्थीहरूलाई आफ्नो भविष्यको लक्ष्यसँग मेल खाने सही पाठ्यक्रम छनोट गर्न विशेष जोड दिनुभयो।

    त्यसैगरी, कार्यक्रममा जीएसपी नेपालका निर्देशक अनिल श्रेष्ठको पनि उपस्थिति रहेको थियो। उहाँले अन्तर्राष्ट्रिय शिक्षाको महत्त्व र विश्वव्यापी प्रतिस्पर्धामा आफूलाई कसरी अब्बल बनाउने भन्ने विषयमा प्रेरणादायी मन्तव्य राख्नुभयो। उहाँले विद्यार्थीहरूलाई सही निर्णय लिन र आफ्नो दीर्घकालीन लक्ष्यमा केन्द्रित रहन प्रोत्साहित गर्नुभयो।

    कार्यक्रमको समापन गर्दै ड्रिम नेक्स्ट एजुकेशन फाउन्डेशनका निर्देशक सन्तोष मण्डलले सहभागी विद्यार्थी तथा जीएसपी टोलीलाई धन्यवाद ज्ञापन गर्नुभयो। यस्ता जानकारीमूलक कार्यक्रमले विद्यार्थीहरूलाई सही मार्गनिर्देशन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो। कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend