काठमाडौँ: आगामी सेप्टेम्बर २०२६ इन्टेकलाई लक्षित गर्दै काठमाडौँको बागबजारस्थित सल्यान हाउसमा सोमबार ‘यूके एड्मिसन डे २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। रियल ड्रिम्स एजुकेसनल कन्सल्टेन्सीद्वारा आयोजित उक्त विशेष कार्यक्रममा बेलायतका प्रतिष्ठित विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरूले सयौँ नेपाली विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा परामर्श सेवा प्रदान गरेका छन्। कार्यक्रमले बेलायतमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि भर्ना प्रक्रिया, भिसा प्रक्रिया र अध्ययनपछिको करियरको अवसरका बारेमा स्पष्टता प्रदान गर्ने एक महत्त्वपूर्ण माध्यमको रूपमा भूमिका खेलेको छ।
उक्त ब्यस्त तथा उपलब्धिमुलक कार्यक्रममा विश्वविद्यालयका प्रतिनिधिहरूले विद्यार्थीहरूको शैक्षिक प्रोफाइलको स्थलगत मूल्याङ्कन गर्दै वन-टु-वन (एक-आमसामने) परामर्श दिएका थिए। कार्यक्रममा आर्डेन युनिभर्सिटीकी सिनियर बिजनेस डेभलपमेन्ट म्यानेजर मिस नीलम शर्मा, युनिभर्सिटी अफ ल की बिडिएम मिस फिजी बानियाँ, अक्सफोर्ड इन्टरनेसनल ग्रुपकी रिजनल म्यानेजर मिस रोजिना थापा, योर्क सेन्ट जोन युनिभर्सिटीकी स्टुडेन्ट एडमिसन सपोर्ट अफिसर मिस रती मधिकर्मी र युनिभर्सिटी अफ वोर्सेस्टरका स्टुडेन्ट सपोर्ट अफिसर मिस्टर अविनाश मैनालीको उपस्थिति रहेको थियो। यसैगरी, युनिभर्सिटी अफ इस्ट लन्डन, लिड्स ट्रिनिटी युनिभर्सिटी र युनिभर्सिटी अफ हर्टफोर्डशायरका प्रतिनिधिहरूले पनि आ-आफ्नो विश्वविद्यालयको इन्टेक पोर्टफोलियो र छात्रवृत्ति अवसरहरूबारे विस्तृत जानकारी गराएका थिए।
यस एड्मिसन डेको अर्को मुख्य आकर्षण अङ्ग्रेजी भाषा प्रवीणता परीक्षा (English Language Proficiency) सम्बन्धी विज्ञ परामर्श पनि रहेको थियो। कार्यक्रममा उपस्थित इटीएस (ETS) का प्रतिनिधिद्वय मिस मन्दिरा महर्जन र मिस सबिना गौतमले विद्यार्थीहरूलाई टोफेल (TOEFL) र जिआरई (GRE) परीक्षाका मापदण्डबारे परामर्श दिएका थिए। उनीहरूले परीक्षाको तयारी रणनीति, आवश्यक स्कोर र यी विश्वव्यापी मूल्याङ्कनहरूले यूके विश्वविद्यालयको भर्ना तथा विद्यार्थी भिसा मार्गदर्शनमा कसरी सहयोग पुर्याउँछन् भन्नेबारे महत्त्वपूर्ण जानकारी बाँडेका थिए। सोही क्रममा रियल ड्रिम्सका वरिष्ठ परामर्शदाताहरूले विद्यार्थीहरूलाई वित्तीय कागजात (Financial Documentation) र करियर-ओरियन्टेड कोर्ष छनोटमा समेत सहयोग गरेका थिए।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend