logo

२०८३ कार्तिक ७ शुक्रबार

रियल ड्रिम्स एजुकेशनल कन्सल्टेन्सीद्वारा बेलायत जाने विद्यार्थीहरूका लागि प्रिपार्टचर सेसन सम्पन्न

रियल ड्रिम्स एजुकेशनल कन्सल्टेन्सीद्वारा बेलायत जाने विद्यार्थीहरूका लागि प्रिपार्टचर सेसन सम्पन्न


हाम्रो राष्ट्र
  • आइतबार, २१ भाद्र २०८३
  • 1.3K
    SHARES

    काठमाडौं , रियल ड्रिम्स एजुकेशनल कन्सल्टेन्सीले बेलायत (UK) का विभिन्न विश्वविद्यालयहरूमा स्नातक (UG) र स्नातकोत्तर (PG) तह अध्ययनका लागि भिसा प्राप्त गरेका सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई लक्षित गरी एक विशेष प्रिपार्टचर (Pre-departure) अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। बेलायत प्रस्थान गर्न लागेका विद्यार्थीहरूलाई त्यहाँको रहनसहन, यात्रा प्रक्रिया र शैक्षिक वातावरणबारे पूर्वतयारी गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो।

    कार्यक्रममा योर्क सेन्ट जोन्स युनिभर्सिटी (York St. John University) का नेपाल कन्ट्री कोअर्डिनेटर सुनील तुलाधरले सो युनिभर्सिटीमा भर्ना भएका विद्यार्थीहरूका लागि विशेष परामर्श प्रदान गर्दै युनिभर्सिटीको सुरुवाती दिनहरूमा अपनाउनुपर्ने सतर्कता, ओरिएन्टेसन तालिका र शैक्षिक पद्धतिका विषयमा विस्तृत जानकारी गराउनुभयो।

    त्यसैगरी, रियल ड्रिम्सका इन्टरनेसनल स्टुडेन्ट काउन्सिलर पवन तिवारीले बेलायत जाने सबै विद्यार्थीहरूका लागि उडान तालिका, यात्राको योजना, ट्रान्जिट नियमहरू तथा यात्राका क्रममा ध्यान दिनुपर्ने व्यावहारिक पक्षहरूबारे मार्गदर्शन गर्नुभयो।

    कार्यक्रममा किरण श्रेष्ठले यात्रा गर्दा साथमा बोक्नुपर्ने आवश्यक कागजातहरूबारे जानकारी दिनुभयो। उहाँले भिसा, युनिभर्सिटीको अफर लेटर/CAS, वित्तीय कागजात, स्वास्थ्य परीक्षण रिपोर्ट तथा मूल शैक्षिक प्रमाणपत्रहरू सुरक्षित रूपमा साथमा राख्न र अध्यागमन (Immigration) एवं युनिभर्सिटी दर्ताका क्रममा अपनाउनुपर्ने सजगताबारे प्रष्ट पार्नुभयो।

    रियल ड्रिम्सका ब्रान्च म्यानेजर रोशन भट्टले बेलायत जाने नेपाली विद्यार्थीहरूका लागि रियल ड्रिम्सले आयोजना गरेको यो पूर्वतयारी सेसनको प्रशंसा गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नयाँ देश पुग्नुअघि उच्च आत्मविश्वास अभिवृद्धि गर्ने बताउनुभयो।

    साथै, रियल ड्रिम्स कन्सल्टेन्सी नेपाल, काठमाडौं शाखाकी म्यानेजर दिव्या महर्जन प्रधानले रियल ड्रिम्सको सेवा भिसा प्राप्तिमा मात्र सीमित नरही बेलायत पुगेपछि पनि निरन्तर रहने स्पष्ट पार्नुभयो। युकेमा रहेका रियल ड्रिम्सका आफ्नै कार्यालय तथा नेटवर्कमार्फत विद्यार्थीहरूलाई अवतरणपश्चात् आइपर्ने जुनसुकै समस्यामा पनि निरन्तर सहजीकरण गरिने उहाँको भनाइ थियो।

    कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूले बेलायतको बसाइ, बसोबासको व्यवस्था र युनिभर्सिटीको सुरुवाती प्रक्रियाबारे राखेका जिज्ञासाहरूको समाधान गरिएको थियो।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend