logo

२०८३ कार्तिक १३ बिहिबार

रियल ड्रीम्सको ‘यूके एडमिसन डे २०२६’ सम्पन्न, बेलायतमा उच्च शिक्षा अध्ययनबारे विद्यार्थीलाई परामर्श

रियल ड्रीम्सको ‘यूके एडमिसन डे २०२६’ सम्पन्न, बेलायतमा उच्च शिक्षा अध्ययनबारे विद्यार्थीलाई परामर्श


हाम्रो राष्ट्र
  • बिहिबार, १३ कार्तिक २०८३
  • 364
    SHARES

    काठमाडौं, कात्तिक १३, २०८३। रियल ड्रीम्स एजुकेसनल कन्सल्टेन्सीले काठमाडौंको बागबजारस्थित सल्ल्यान हाउसमा ‘यूके एडमिसन डे २०२६’ आयोजना गरेको छ। बेलायतमा उच्च शिक्षा हासिल गर्न इच्छुक नेपाली विद्यार्थीलाई लक्षित गरी आयोजित कार्यक्रममा युनिभर्सिटी अफ स्टाफोर्डशायरकी दक्षिण एसियाका लागि वरिष्ठ विद्यार्थी भर्ना प्रबन्धक स्वाती सचदेवले विश्वविद्यालयका शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया, छात्रवृत्ति, क्याम्पस सुविधा तथा अध्ययनका अवसरबारे जानकारी प्रदान गरिन्।

    कार्यक्रममा रियल ड्रीम्स एजुकेसनल कन्सल्टेन्सीका संस्थापक तथा निर्देशक बसन्त नेपालले बेलायतको उच्च शिक्षा प्रणाली, विद्यार्थी भिसासम्बन्धी प्रावधान, आर्थिक तयारी, आवश्यक कागजात तथा अध्ययनपछिका सम्भावनाबारे विद्यार्थीलाई जानकारी गराए। उनले बेलायतमा अध्ययन गर्न जानुअघि विश्वविद्यालयको छनोट, भर्नाका मापदण्ड र अध्यागमनसम्बन्धी पछिल्ला नियमबारे जानकारी लिनुपर्नेमा जोड दिए।

    कार्यक्रममा सहभागी विद्यार्थीले व्यक्तिगत शैक्षिक प्रोफाइल मूल्याङ्कन, विषय तथा विश्वविद्यालय छनोट, आवेदन प्रक्रिया र सम्भावित आवेदन शुल्क छुटबारे परामर्श प्राप्त गरेका थिए। प्रत्यक्ष परामर्शले विद्यार्थीलाई आफ्नो शैक्षिक योग्यता र भविष्यको करियर योजनाअनुसार उपयुक्त अध्ययन विकल्प पहिचान गर्न सहयोग पुर्‍याएको आयोजकले जनाएको छ।

    सन् २००४ मा स्थापना भएको रियल ड्रीम्स एजुकेसनल कन्सल्टेन्सीले विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गर्दै आएको छ। संस्थाले विश्वविद्यालय छनोट, आवेदन तयारी, उद्देश्य विवरण लेखन, आर्थिक कागजात, भिसा प्रक्रिया तथा प्रस्थानपूर्व अभिमुखीकरणलगायतका सेवाहरू उपलब्ध गराउँदै आएको छ। साथै, संस्थाले आईईएलटीएस, पीटीई र टोफेल परीक्षाको तयारी कक्षासमेत सञ्चालन गर्दै आएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend