logo

२०८३ साउन १५ शुक्रबार

‘मिसिङ ब्राइड’मार्फत निर्देशनमा अभिनेत्री बेनिशा हमाल

‘मिसिङ ब्राइड’मार्फत निर्देशनमा अभिनेत्री बेनिशा हमाल


हाम्रो राष्ट्र
  • शुक्रबार, १० चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । चलचित्र ‘स्वर’ मार्फत अभिनयको सुरुवात गरेकी अभिनेत्री बेनिशा हमाल निर्देशक बनेकी छन् । उनको निर्देशन रहेको छोटो चलचित्र ‘मिसिङ ब्राइड’ ओटीटी प्लेटफर्म सिनेमा घरएपमार्फत सार्वजनिक भएको छ ।

    विवाह र बेहुलीलाई आधार बनाएर तयार गरिएको छोटो चलचित्रमा वर्षा राउत र विवेक सिंह ठकुरीले अभिनय गरेका छन् । अभिनयमार्फत प्राप्त गरेको अनुभव र अध्ययनको आधारमा निर्देशनको सुरूवात गरेको अभिनेत्री हमालले जानकारी दिइन् ।

    “निर्देशनमा मात्र केन्द्रित हुनुपर्ने भएकाले अभिनय गरिन । यो मेरो सुरूआत हो”, उनले भनिन्, “आगामी दिनमा कथावस्तु र टिम मिलेसम्म म निर्देशनलाई निरन्तरता दिन्छु । निर्देशन गरेपछि दुवै पक्षलाई अझै बुझ्न पाएँ ।”

    यसमा अभिनेत्री हमालकै लेखन, शिवराम श्रेष्ठको छायाङ्कन, प्रविन श्रेष्ठको सम्पादन रहेको छ । चौध चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री हमाल अभिनित चलचित्र ‘छक्का पञ्जा ४’ अहिले प्रदर्शनरत छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend