logo

२०८३ साउन १३ बुधबार

‘छक्का पञ्जा ४’ को ट्रेलर सार्वजनिक

‘छक्का पञ्जा ४’ को ट्रेलर सार्वजनिक


हाम्रो राष्ट्र
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ४’को ट्रेलर सार्वजनिक गरिएको छ। प्रदर्शनको दुई साताअघि निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो ।

    सार्वजनिक ट्रेलरमा फिल्मका अधिकांश कलाकारहरूलाई स्थान दिइएको छ । हेमराज बिसीको निर्देशन रहेको चलचित्रमा दीपक र दीपासँगै निर्मल शर्मा, केदार प्रसाद घिमिरे, बुद्धि तामाङ, राज आचार्य, बेदना राई, सुष्मा निरौला, नीर शाह, सविन बास्तोला, बेनिशा हमाल लगायतको अभिनय छ ।

    दीपकराज गिरीकै कथा एवं लेखन रहेको फिल्म राजनीतिक विषयवस्तुमा निर्माण भएको हो । दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा निर्मल शर्मा र केदार प्रसाद घिमिरे छन् । चलचित्र फागुनको १९ गतेबाट प्रदर्शनमा आउँदैछ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend