logo

२०८३ साउन १४ बिहिबार

अस्मिता र किरणको ‘सेल्फी मोबाइल’मा सुधिर र प्रिज्मा

अस्मिता र किरणको ‘सेल्फी मोबाइल’मा सुधिर र प्रिज्मा


हाम्रो राष्ट्र
  • आइतबार, १९ चैत्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक किरण गजमेरको स्वर रहेको ’सेल्फी मोबाइल’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

    गीतकार ज्ञानेश्वर तिवारीको शब्द , दीपक शर्माको संगीत रहेको सार्वजनिक गीतमा नरेन्द्र बियोगीको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

    भक्तपुर दरबार स्क्वायरमा छायांकन गरिएको सार्वजनिक गीतमा टिकटक स्टार सुधिर श्रेष्ठ, मोडल रोशन केसी, टिकटकर जुम्ल्याहा दिदी बहिनी प्रिज्मा प्रिन्सी खतिवडाको अभिनय देख्न सकिन्छ ।

    भिडियोमा खुशी साथ प्रेम र रोमान्समा डुब्दै मोवाइलमा सेल्फी खिच्ने जोडीको रमाइलो शैलीलाई निर्देशक माधव शर्माले कलात्मकशैलीमा देखाएका छन् । भिडियोमा सन्तोष राजवाहकको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, मिलन श्रेष्ठको सम्पादन तथा राजेन्द्र मोक्तानको कलरिङ रहेको छ ।

    अम्बिका अधिकारीको निर्माण रहेको सेल्फी मोवाइल ओएसआर डिजिटलबाट बजारमा आएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend