logo

२०८३ साउन १५ शुक्रबार

बन्दीपुर अस्पतालमा जनशक्ति अभावमा भिडियो एक्स–रे मेसिन प्रयोगविहीन

बन्दीपुर अस्पतालमा जनशक्ति अभावमा भिडियो एक्स–रे मेसिन प्रयोगविहीन


हाम्रो राष्ट्र
  • मंगलबार, २१ चैत्र २०७९
  • 1.2K
    SHARES

    तनहुँ । तनहुँ जिल्लाको बन्दीपुर अस्पतालमा जनशक्ति अभावमा भिडियो एक्स–रे मेसिन लामो समयदेखि प्रयोगविहीन बन्दै आएको छ ।

    अघिल्ला जनप्रतिनिधिको कार्यकालमा खरिद गरेको उक्त मेसिन अहिले जनप्रतिनिधि निर्वाचित भएर आएको एक वर्ष बित्न लाग्दा पनि सञ्चालनमा ल्याउन सकिएको छैन । तीन/चार वर्षदेखि एक्स–रे मेसिन प्रयोगविहीन हुँदा सेवाग्राहीले सेवा लिनबाट बञ्चित हुनुपरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।

    स्वास्थ्य मन्त्रलालयबाट रेडियोग्राफीका लागि पटक–पटक अनुरोध गरे पनि व्यवस्था हुन नसकेको उनले बताए । “आगामी बर्षदेखि सञ्चालनमा ल्याई सेवा प्रवाह गर्ने योजना बनाएका छौँ”, उनले भने, “जनशक्तिको अभावमा नागरिकलाई भिडियो एक्स–रे सेवा दिन नसक्दा कठिनाइ भोग्नुपरेको छ ।”

    अस्पताल १५ शय्या क्षमताको छ । अस्पतालबाट आँखा, प्रसूति, दाँत, ल्याव, फार्मेसीलगायतका सेवा प्रवाह गरिएको छ । एमबिबिएस डाक्टर दुई, हेल्थ असिस्टेन्ट चार, स्टाफ नर्स तीन, ल्याव तीन, फार्मेसी दुई, प्रशासन दुई र एक्स–रेमा एक गरी ४४ जना जनशक्ति छन् ।

    उक्त अस्पतालमा दैनिक ७० देखि एक सयको हाराहारीमा बिरामीहरु उपचारका लागि आउने गरेको अस्पतालका चिकित्सक आशीष अधिकारीले जानकारी दिए ।

    अस्पतालमा रुघाखोकी, दम, सुगर, प्रेसर, मुट, क्यान्सर लगायतका बिरामीको चाप बढी हुने गरेको छ । महिलाहरुको पाठेघरको क्यान्सर भए÷नभएको जाँचका लागि दैनिक भिआइए परीक्षणको निःशुल्क व्यवस्था मिलाइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend