काठमाडौं । नेपाली चलचित्र ’कैदीको पत्र’को ट्रेलर सार्वजनिक भएको छ। आगामी १५ वैशाखबाट देशभर रिलिज हुने यो चलचित्रको ट्रेलर युट्युबमार्फत सार्वजनिक भएको हो। सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको यो चलचित्रलाई सनम कुमार बैरागले निर्देशन गरेका हुन्।
चलचित्रको दुई मिनेट ४७ सेकेण्ड लामो ट्रेलरमा एक युवक, उसको वरपर सबन्धित हुने व्यक्तिहरु र प्रेम सम्बन्धमा आउने उतार चढावलाई चित्रण गरिएको छ प्रेम र रोमान्सको कथामा बनेको फिल्मले जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेको निर्देशक बैरागले बताए ।
यस चलचित्रमा कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटी लगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ । दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी निर्माता हुन् ।
रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, रामेश्वर कार्कीको छायांकन, अर्जुन जीसीको सम्पादन र यासिन एनचौबीको रंग संयोजन छ । सुरेश सेन्चुरी र विनम्र कर्माचार्यको संगीत रहेको चलचित्रमा प्रताप दास, अन्जु पन्त, सागर आले, प्रविशा अधिकारी, शुभानी मोक्तान र अभिषेक कार्कीको स्वर रहेको छ। चलचित्रको मार्केटिङ श्रीत फिल्म्स एण्ड इन्टरटेनमेन्टले गरेको छ भने काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन्।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend