logo

२०८३ कार्तिक १२ बुधबार

जुरेलीलाई महिला अभिनेत्री अवार्ड

जुरेलीलाई महिला अभिनेत्री अवार्ड


हाम्रो राष्ट्र
  • आइतबार, १० बैशाख २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौंमा शनिबार सम्पन्न ‘तेस्रो हिमालयन अन्तर्रास्ट्रिय अवार्ड २०२३’ मा मोडल अस्मिता सुनार जुरेलीले ‘सिहदरबार रेलको बाटो २०’ गीतमा ‘महिला अभिनेत्री’ तर्फको अवार्ड जितेकी छन् । उनलाई नेपाली पहिलो रंगीन फिल्म ‘कुमारी’ की अभिनेत्री चैत्यदेवी सिंहले अवार्ड प्रदान गरेकी थिइन् ।

    सुरज पण्डितको शब्द, संगीत र स्वर रहेको यो गीतमा अस्मिता र सुरजले नै अभिनय गरेका छन् । लक्ष्मण सुनार निर्देशित भिडियोमा कुलदीप अधिकारी अतिथी भूमिकामा छन् । भिडियोमा निशल पौडेलको छायांकन, मिलन विश्वकर्माको कलर, पदम सुवेदीको सम्पादन छ ।
    अस्मिता लोकप्रिय गायिका र रेस्लर पनि हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend