logo

२०८३ कार्तिक १२ बुधबार

‘नाङ्गो गाउँ’ भदौमा

‘नाङ्गो गाउँ’ भदौमा


हाम्रो राष्ट्र
  • आइतबार, १० बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । हरितालिका तीजलाई लक्षित गर्दै चलचित्र ‘नाङ्गो गाउँ’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र भदौ २९ गतेदेखि रिलिज हुनेछ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झाको मुख्य भूमिका छ ।

    हिमाल शर्माको प्रस्तुतिमा तयार भएको फिल्ममा जय श्रेष्ठको लगानी छ । सार्वजनिक फस्टलुकमा निर्माणपक्षले कुनै पनि कलाकारको तस्वीर प्रयोग गरेको छैन । निर्देशक दीपेन्द्र लामाले फिल्मको कथावस्तु गाउँ केन्द्रित रहेको बताए । फिल्मले सामाजिक कथावस्तुलाई बलियो तरिकाले प्रस्तुत गरेको उनको भनाई छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend