logo

२०८३ साउन १३ बुधबार

साकेलामा गायनतर्फ दियाली र नृत्यतर्फ राई प्रथम

साकेलामा गायनतर्फ दियाली र नृत्यतर्फ राई प्रथम


हाम्रो राष्ट्र
  • बुधबार, २० बैशाख २०८०
  • 1.2K
    SHARES

    खोटाङ । खोटाङको साकेला गाउँपालिकामा आयोजना गरिएको ‘पालिका प्रतिभा–२०८०’मा गायनतर्फ रवीन दियाली र नृत्यतर्फ मेनुका राई प्रथम भएका छन् ।

    गाउँपालिकासँगको सहकार्यमा खोटाङ कलाकार समाजले प्रतियोगिता आयोजना गरेको हो । जिल्लाका दशवटै पालिकामा प्रतिभा खोजी अभियानअन्तर्गत मङ्गलबार साकेलामा फाइनल अडिसनमार्फत गायन र नृत्य विद्याको उत्कृष्ट तीन–तीन प्रतिभा छनोट गरिएका थिए । गायनतर्फ जुनु राई द्वितीय र राइसर राई तृतीय भएका आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईले जानकारी दिए ।

    यसैगरी नृत्यतर्फ सुजता भुजेल द्वितीय र स्मारिका राई तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँका साथै प्रमाणपत्र प्रदान गरिएको छ । विजेता तथा सहभागीलाई आयोजक संस्थाका अध्यक्ष राई, साकेला गाउँपालिकाका उपाध्यक्ष बिर्सिका राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले पुरस्कार प्रदान गरे ।

    ‘नयाँ प्रतिभालाई प्रोत्साहन, पूराना स्रष्टालाई उच्च सम्मान, लुकेका कलालाई खोजी गर्दै समाजलाई सु–संस्कृत बनाउने खोटाङ कलाकार समाजको अभियान’ नारासहित जिल्लाका १० वटै स्थानीय तहमा प्रतिभा छनोट कार्यक्रम गरिएको हो । स्थानीय तहबाट छनोट भएका प्रतिभालाई जिल्लाव्यापी प्रतियोगितामा सहभागी गराएर ‘खोटाङ प्रतिभा–२०८०’ छनोट गरिने आयोजकले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend