logo

२०८३ साउन १४ बिहिबार

कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाणसहित आफूलाई सम्पर्क गर्न बालेनको आह्वान

कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाणसहित आफूलाई सम्पर्क गर्न बालेनको आह्वान


हाम्रो राष्ट्र
  • सोमबार, १ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले कुनै पनि कर्मचारीले घुस मागेमा प्रमाणसहित आफूकहाँ आउन आह्वान गरेका छन् ।

    सोमबार साँझ सामाजिक संजामार्फत मेयर साहले महानगरपालिकाका कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाणसहित आफूलाई सम्पर्क गर्न आह्वान गरेका हुन् ।

    उनले भनेका छन्, ‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ, हाम्रो अधिकार क्षेत्र काठमाडौं महानगरपालिका कार्यालयमा कुनै पनि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाणसहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियो सहित । कसैले बिना प्रमाण यसले यति भ्रस्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला ।’

    मेयर साहले उजुरीका लागि फोन नम्बर पनि सार्वजनिक गरेका छन् । उनले भनेका छन्,‘उजुरीकर्ताले ह्वाट्सएपमार्फत ९८६३५९२०११ नम्बरमा प्रमाणसहित सम्पर्क गर्न सक्नु हुनेछ । यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउने को नाम गोप्य राखिनेछ ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend