logo

२०८३ असोज ८ बिहिबार

ठूला भ्रष्टाचारमा दलीय सहमति देखियोः अध्यक्ष लिङ्देन

ठूला भ्रष्टाचारमा दलीय सहमति देखियोः अध्यक्ष लिङ्देन


हाम्रो राष्ट्र
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नै पार्टीको नेतृत्वमा देशमा हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापित हुने दाबी गरेका छन् ।

    बिहीबार वसन्तपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले राप्रपाको नेतृत्वमा नै हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापित गर्ने बताए । यसका लागि कुनै विदेशीको आशिर्वाद र पैसा नलिने उनले बताए । उनले कांग्रेस, एमाले र माओवादीबीच ठूला–ठूला भ्रष्टाचारमा दलीय सहमति देखिएकाले भ्रष्टाचारको मुद्दा सार्वजनिक भए पनि टुंगोमा नपुगेको बताए ।

    ठूला भ्रष्टाचारका काण्डहरूमा ठूला दलका नेताहरूको संलग्नता देखिएकै कारण टुंगो लाग्न नसकेको भन्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा विदेशीको चासोका कारण अनुसन्धान भएको बताए । उनले यसको अनुसन्धान नै नसकी फाइल बुझाउने तयारी भइरहेको दाबी गरे ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend