logo

२०८३ असोज ८ बिहिबार

भ्रष्टाचार अन्त्य गर्नु पहिलो प्राथमिकता हुनुपर्छः अध्यक्ष नेपाल

भ्रष्टाचार अन्त्य गर्नु पहिलो प्राथमिकता हुनुपर्छः अध्यक्ष नेपाल


हाम्रो राष्ट्र
  • शनिबार, ६ जेष्ठ २०८०
  • 1K
    SHARES

    जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको राष्ट्रिय समस्याको रुपमा रहेको भ्रष्टाचारको अन्त्य गर्नु पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् ।

    शनिबार जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशैभरी अहिले समस्याको रुपमा रहेको भ्रष्टाचारको अन्त्य नभएसम्म देशलाई विकासतर्फ डोर्याउन कठिन हुने भएकाले यो राष्ट्रिय समस्या समाधान हुनु आवश्यक रहेको बताए ।

    सरकार मुलुकमा सुशासन कायम गर्नकालागि कदमहरु उठाइरहेको छ, उनले भने ‘यो राम्रो विषय हो, सरकारले ल्याएको नीति तथा कार्यक्रममा देश र जनताको समस्या समाधानका उपाय खोज्ने गरी ल्याइएको छ ।’

    फरक प्रसंगमा अध्यक्ष नेपालले रेशम चौधरीलाई रिहाईका लागि हामी सबै लागि परेको बताए । मधेस सरकारमा वर्तमान नेतृत्वलाई नै निरन्तरता दिने गरी सहमति भएको जानकारी गराउँदै नेपालले गठबन्धनको मर्म अनुरुप दलहरुलाई सहभागी गराउने जिम्मा मुख्यमन्त्रीलाई नै दिइएको जानकारी दिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend