logo

२०८३ असोज ८ बिहिबार

संविधान निर्माणमा योगदान गरेका ओली जस्तो नेताले नीति तथा कार्यक्रम खारेज गर भन्नु गलतः गौतम

संविधान निर्माणमा योगदान गरेका ओली जस्तो नेताले नीति तथा कार्यक्रम खारेज गर भन्नु गलतः गौतम


हाम्रो राष्ट्र
  • सोमबार, ८ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । सांसद वामदेव गौतमले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई खारेज गरी अर्को ल्याऊ भन्नु असंवैधानिक भएको बताएका छन् । संविधान निर्माणमा योगदान गरेका नेताले यसो भन्नु गलत भएको उनको भनाइ छ । एमाले अध्यक्ष ओलीले आइतबार नीति तथा कार्यक्रम खारेज गरी अर्का ल्याउन भनेका थिए ।

    राष्ट्रियसभाको सोमबारको बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमका बारेको छलफलमा भाग लिँदै सांसद गौतमले कृषिमा विशेष जोड दिन माग गरे।

    “सबै कुरा नीति तथा कार्यक्रममा अघि सारिए पनि एउटा मूल कुरा छुटेको छ, त्यो क्षेत्र कृषि हो, अहिले यो क्षेत्रमा आधारभूत तहका धेरै जनता आवद्ध छन्, कृषिबाट शिक्षा, स्वास्थ्य अघि बढ्नेछ र सांस्कृतिक परिवर्तन पनि हुनेछ”, उनले भने ।

    पाँच वर्षको योजनासहितको नीति तथा कार्यक्रम २०१५ सालमा बिपी कोइरालाले अघि सार्नुभएको उल्लेख गर्दै सांसद गौतमले त्यस कार्यक्रमले कृषिलाई प्राथमिकतामा राखेको बताउनुभयो । कृषि उत्पादन बढाउँदा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने उनको भनाइ थियो ।

    प्रत्येक वर्ष एक सय ५१ स्थानीय तहका दरले पाँच वर्षमा सात सय ५३ वटै स्थानीय तहमा कृषि क्षेत्रको विशेष कार्यक्रम लागू गर्न सकिने सांसद गौतमले बताए । यससम्बन्धी अवधारणा पत्र लेखेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत बुझाएको उनले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend