logo

२०८३ असोज ८ बिहिबार

अदालतको पूर्णपाठ नआउँदै रेशमलाई रिहाइ गरेर अदालतलाई बलमिच्याइँ गरियोः महामन्त्री थापा

अदालतको पूर्णपाठ नआउँदै रेशमलाई रिहाइ गरेर अदालतलाई बलमिच्याइँ गरियोः महामन्त्री थापा


हाम्रो राष्ट्र
  • सोमबार, १५ जेष्ठ २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस सत्ताका लागि सबै थोक गर्छ भन्ने इमेज बनेको भन्दै त्यसविरुद्ध आफूहरु लड्ने बताएका छन् । सोमबार ललितपुरमा आयोजित कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।

    उनले कानूनी शासनको वकालत गर्दा सरकार ढले पनि आफूहरु त्यसकाविरुद्ध लड्ने बताए । उनले भने, ‘कानूनको शासनको वकालत गर्दै गर्दा सरकार गए जान्छ। यस्तो सरकार गए जान्छ केही हुन्न। अर्को सरकार बन्छ केही फरक पर्दैन। तर कानूनको शासनलाई कांग्रेसले सम्झौता गर्दैन भन्ने कुरा हामीले स्थापित गर्न सकेनौं भने नागरिकले हामीलाई के भन्छन् ?’

    उनले यसअघिका गल्तीमा माफी माग्नुपर्ने पनि बताए । उनले भने, ‘पार्टीले गरेको गल्तीलाई स्वीकार्दै आमजनतासँग माफी माग्दै यो कांग्रेसले घोषणा गर्छ, गर्नुपर्छ कि यो कांग्रेसले जीवनमा चुनाव हारे हार्छ, दुई पटक हारे हारिन्छ। तीन पटक हारे हारिन्छ तर जीवनमा नेपाली कांग्रेसले चुनावअघि गठबन्धन गर्दैन ।’

    उनले रेशम चौधरीको रिहाई प्रति पनि आपत्ति जनाए । सरकार चलाउन गाह्रो–सजिलो पर्दा प्रचलित कानूनलाई मिचेर थिचेर बलमिच्याइँ गर्ने गरिएको भन्दै आपत्ति जनाए ।

    उनले भने, ‘आज सरकारलाई मन लाग्यो निर्णय गरिदियो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो। यो राजाको शासन होइन, हुकुम चल्दैन। यो गणतन्त्र हो, यहाँ कानून चल्छ। अदालतको पूर्ण पाठ आएको छैन, हतारहतार निर्णय गर्छौं भने यसको अर्थ हामीले अदालतलाई हेप्यौं।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend