logo

२०८३ असोज ८ बिहिबार

नेपालको भूमि समावेश भारतको नक्सा नेपालमाथिको अपमान होः पूर्वप्रधानमन्त्री खनाल

नेपालको भूमि समावेश भारतको नक्सा नेपालमाथिको अपमान होः पूर्वप्रधानमन्त्री खनाल


हाम्रो राष्ट्र
  • बुधबार, १७ जेष्ठ २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालका भूमि समावेश गरी आफ्नो नयाँ संसद भवनमा ‘अखण्ड भारत’ नक्सा अंकित गरेको भन्दै आपत्ति जनाएका छन् ।

    बुधबार विज्ञप्ति जारी गरी पूर्वप्रधानमन्त्री खनालले भारतलाई उक्त नक्सा सच्याउन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यो भारतीय सरकारको अनाधिकृत कार्य हो । भारतको यो कदमले सम्पूर्ण नेपाली जनताको स्वतन्त्रता र स्वाभिमानमा गम्भीर चोट पुयाएको छ र समस्त नेपालीले भारतीय सरकारवाट घोर अपमान महसुस गरेका छन् । भारतको यो कदमले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुले पालना गर्नुपर्ने न्युनतम मर्तलाई समेत उल्लंघन गरेको र कुटनीतिक अपमान भएको महसुस हामि नेपालिहरुले गरेका छौं । त्यसकारण हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी भारत सरकारसँग आग्रह गर्दछ कि उक्त नक्सालाई अविलम्ब सच्चाईयोस् ।’

    नेपाल माथिका सबै प्रकारका अतिक्रमणहरुलाई बन्द गर्न आग्रह गर्दै खनालले दुई देशका जनता बीचमा सदियौं देखि रहेको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ धरातलमा उभ्याई बहुआयामिक सहयोगका प्रकृयालाई अझ गहिरो र व्यापक बनाउने वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend