logo

२०८३ असोज ८ बिहिबार

अफगानिस्तानमा महिलामाथि तालिबानको अत्याचार

अफगानिस्तानमा महिलामाथि तालिबानको अत्याचार


हाम्रो राष्ट्र
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    अन्तरराष्ट्रिय समुदायसँग आफ्नो सरकारलाई मान्यता दिन र सहयोग गर्न बारम्बार आह्वान गरिरहेकोे तालिबान शासनले अफगान महिला र केटीहरूमाथिको दमन बढाइरहेकोछ ।

    ‘तालिवानका दमनकारी एवम् गैरजिम्मेवारपूर्ण गतिविधिले उ विकासका निम्ति अन्तरराष्ट्रिय जगत्सँग संलग्न हुन र साझेदारी गर्न नइच्छुक रहेको सङ्केत गर्छ,’ ह्युमन राइट्स वाचका महिला अधिकार निर्देशकलाई उदृत गर्दै खामा प्रेसले जनाएको छ ।

    अफगानिस्तानका कार्यवाहक उपप्रधानमन्त्री मुल्लाह हसन अखुन्दजादाले आफ्नो कतारी समकक्षीसँगको भेटमा कतारी अधिकारीहरूलाई अफगानिस्तान र अन्तरराष्ट्रिय समुदायबीच विश्वासको वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाहका लागि आग्रह गरेका थिए ।

    तालिवानका एक जना प्रवक्ताले तालिबानसँग कतारको बलियो सम्बन्ध रहेको तर महिलाप्रतिको नीतिलाई लिएर दोहाले काबुलको अलोचना गरेको बताएका थिए । उनले अफगानिस्तानको सत्ता कब्जा गरेदेखि, तालिबान नेतृत्वले लगातार अफगान महिला र केटीहरूको शिक्षा र रोजगारीमा पहुँच प्रतिबन्ध लगाउने कडा आदेश जारी गरेकामा कतारले आलोचना गरेको खामा प्रेसले बताएको छ ।

    कलेज र स्कुलमा छात्रालाई निषेध गरिएपछि हजारौँ महिला घरमै बसेका छन्भने स्थानीय र अन्तरराष्ट्रिय गैरसरकारी संस्थामा महिलालाई काममा प्रतिबन्ध लगाइएको छ । यद्यपि केही महिलाले विद्रोह गरेर व्यापार वा अन्य व्यावसायिक प्रयास थालेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend