टर्कीको राष्ट्रपति रेसेप तैयप एर्दोगानले तेस्रो कार्यकालका लागि शनिबार पद तथा गोपनीयताको शपथ लिएका छन् । टर्कीको आर्थिक सङ्कट चर्किरहेका बेला आफ्नो दुई दशक लामो शासन लम्ब्याउन एर्दोगान तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
उनले टर्कीको उन्नतिको लागि सबै देशबासीको मन जित्नेगरी निष्पक्ष रूपमा आफ्नो कर्तव्य पूरा गर्ने बताए । उनले शपथ ग्रहणपछि पत्रकारसँग भने, ‘राष्ट्रपतिको रूपमा महान टर्की राष्ट्रको अगाडि म मेरो सम्मान र निष्ठाको कसम खान्छु । राज्यको अस्तित्व र स्वतन्त्रताको रक्षा गर्न मैले सबै शक्तिको साथ काम गर्न र निष्पक्ष रूपमा मेरो कर्तव्य पूरा गर्न लागि पर्नेछु ।’
राजधानी अङ्कारास्थित राष्ट्रपतिको कार्यालयमा विश्वका दर्जनौं नेताको सहभागिता भव्य समारोहबीच उनले पदबहाली गरे । गत फेब्रुअरीमा गएको विनाशकारी भूकम्पका कारण ५० हजारभन्दा बढी मानिसको मृत्यु भएको, कोभिड तथा युक्रेन युद्धका कारण व्याप्त वैश्विक आर्थिक सङ्कट र आक्रोशका बाबजुद एर्दोगानले शक्तिशाली विपक्षी गठबन्धनविरुद्ध मे २८ मा भएको निर्वाचनमा विजय हासिल गरेका थिए र
एर्दोआनले ५२.१८ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने उनका धर्मनिरपेक्षवादी प्रतिद्वन्द्वी केमल किलिकडारोग्लुले ४७.८२ प्रतिशत मत प्राप्त गरेका थिए
टर्कीका सबैभन्दा लामो समयसम्म सत्तामा रहेका नेताले आफ्नो तेस्रो कार्यकालमा सुस्त अर्थतन्त्र र पश्चिमा मुलुकसँगको तनावलगायत महत्वपूर्ण तात्कालिक चुनौतीको सामना गर्नुपरेको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend