logo

२०८३ साउन १४ बिहिबार

चीनमा पहिरोमा परी कम्तीमा १४ जनाको मृत्यु, पाँच बेपत्ता

चीनमा पहिरोमा परी कम्तीमा १४ जनाको मृत्यु, पाँच बेपत्ता


हाम्रो राष्ट्र
  • आइतबार, २१ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लेशान सहरमा आइतबार पहिरो जाँदा १४ जनाको मृत्यु भएको छ । प्रान्तीय प्रशासनले पहिरोमा परी १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

    घटनामा अन्य पाँच जना बेपत्ता भएका स्थानीय सञ्चर विभागले जनाएको छ । शहरको जिनकोहे जिल्लाको योङसेङ टाउनशिपको एक जङ्गल क्षेत्रमा बिहान ६ बजेतिर पहिरो खसेको थियो ।

    घटनापछि बेपत्ताको खोजी गर्न एक सय ८० जनाभन्दा बढीको उद्धार टोली घटनास्थलमा खटाइएको र उनीहरूको खोजीकार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend