अङ्ग्रेजी भाषा बोल्ने उत्तरपश्चिम क्षेत्रमा सशस्त्र पृथकतावादीहरू विरुद्ध क्यामरुनको सेनाले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय र सुरक्षा बलहरूले जानकारी दिएका छन्। आक्रमण यस क्षेत्रको ठूलो बबंकी गाउँमा शुक्रबार रातिदेखि शनिबारसम्म चलेको थियो।
मारिनेहरू सशस्त्र पृथकतावादीहरू रहेको र जसले गत सो इलाकामा दर्जनौं महिलाहरूलाई अपहरण गर्ने, यातना दिने गरेका थिए । पृथकतावादीहरूले सामाजिक सञ्जालमा ती आरोपहरूको खण्डन गर्दै मृतकहरू लडाकू नभई स्थानीयहरूले चिनेका नागरिकहरू रहेको बताएका छन्।
गाउँका एक बासिन्दाले नाम नखुलाउने शर्तमा सिन्ह्वालाई आक्रमणको कारण गाउँका सयौं मानिसहरू झाडीतिर भागेका बताएका थिए ।
सन् २०१७ देखि सरकारी सेनासँग द्वन्द्वमा रहेका पृथकतावादीहरूले उत्तरपश्चिम र दक्षिणपश्चिमका दुई अंग्रेजी भाषी क्षेत्रहरूमा स्वतन्त्र राष्ट्र स्थापना गर्ने आशा राखेका छन्।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend