logo

२०८३ साउन १४ बिहिबार

आफ्नी आमालाई रिहा गर्न सूकीका छोरा एरिसको आग्रह

आफ्नी आमालाई रिहा गर्न सूकीका छोरा एरिसको आग्रह


हाम्रो राष्ट्र
  • सोमबार, ११ असार २०८०
  • 1.1K
    SHARES

    म्यान्मारकी सत्ताच्युत नेत्री आङ सान सूकीलाई कारावासबाट रिहा गर्न उनका कान्छा छोराले आग्रह गरेका छन् । बीबीसी बर्मीजलाई लन्डनबाट दिएको अन्तर्वार्तामा छोरा किम एरिसले सिङ्गो संसारलाई आफ्नी आमालाई सहयोग गर्न आग्रह गरेका हुन् ।

    सन् २०२१ मा सैनिक नेतृत्वले सत्ता कब्जा गरेर उनको सरकारलाई अपदस्थ गरेपछि भएका विभिन्न चरणका अदालती कारबाहीपछि सूकीलाई ३३ वर्षको जेल सजाय तोकिएको छ त्यसपछि म्यान्मारको राजनीति गृहयुद्धमा फसेको छ र दशौँ हजार मानिसको ज्यान गइसकेको छ ।

    सेनाले उनलाई आफ्नी आमा एवं उनको स्वास्थ्य अवस्थाबारे कुनै जानकारी दिएको छैन। यस विषयमा बुझ्न आफूले म्यान्मारको दूतावास, ब्रिटेनको परराष्ट्र मन्त्रालय र अन्तर्राष्ट्रिय रेडक्रसलाई सम्पर्क गर्ने प्रयास गरे पनि कसैले सहयोग गर्न नसकेको उनले बताए । सन् १९८९ देखि २०१० का बीच करिब १५ वर्ष आफ्नी आमालाई हिरासतमा राखिएका बेला उनी बाहिर बोलेका थिएनन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend