logo

२०८३ साउन १४ बिहिबार

पाकिस्तानमा प्रि–मनसुन वर्षाका कारण १४ जनाको मृत्यु, ६ घाइते

पाकिस्तानमा प्रि–मनसुन वर्षाका कारण १४ जनाको मृत्यु, ६ घाइते


हाम्रो राष्ट्र
  • सोमबार, ११ असार २०८०
  • 1.2K
    SHARES

    पाकिस्तानका विभिन्न क्षेत्रमा गत २४ घण्टामा भएको वर्षाका कारण दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ । साथै अन्य ६ जना घाइते भएको पनि अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

    पूर्वी पञ्जाब प्रान्तको नारोवाल जिल्लाका उपायुक्त मुहम्मद अशरफले सिन्ह्वालाई बताएअनुसार आइतबार राति आँधीको समयमा जिल्लामा चट्याङका कारण छ जनाको ज्यान गएको हो ।

    राजधानी इस्लामाबादको उपनगरमा रहेको शहजाद टाउन क्षेत्रमा आइतबार राति घरको छाना खस्दा तीन जनाको ज्यान गएको स्थानीय उद्धार टोलीले जनाएको छ ।

    भारी वर्षापछि प्रदेशका अन्य क्षेत्रबाट पनि मृत्यु र घाइतेको खबर आइरहेको छ । प्रान्तीय राजधानी लाहोरका स्थानीय अधिकारीहरूले मुसलधारे वर्षापछि सोमबार बिहान मध्यमस्तरको बाढी आएको र ९० प्रतिशत विद्युत् सेवा अवरुद्ध भएको जनाएका छन् ।

    प्रि–मनसुन वर्षाले सोमबार बिहान देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा र दक्षिणपश्चिम बलुचिस्तान प्रान्तहरूमा पनि असर गरेको थियो । यसअघि पाकिस्तान मौसम विभाग (पीएमडी) ले आइतबारदेखि देशमा प्रि–मनसुन वर्षा सुरु हुने भविष्यवाणी गरेको थियो जुन ३० जुनसम्म जारी रहने अनुमान गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend