logo

२०८३ साउन १४ बिहिबार

कागती पानी पिउनुका आश्चर्यजनक फाइदा यस्ता छन्

कागती पानी पिउनुका आश्चर्यजनक फाइदा यस्ता छन्


हाम्रो राष्ट्र
  • सोमबार, २५ पुष २०७९
  • 2.1K
    SHARES

    कगति हिमाल पहाड तराई जहाँ कहिँ पनि पाईने फल हो । आमिलो बर्गको फलफुलमा पर्ने यो फल पौष्टिकताको दृष्टिले अति महत्वपुर्ण मानिन्छ।

    अचार, तरकारी दाल सर्वत् लगायत अन्य थप्रै परिकारको गहनाको रूपमा परिचित यो फलले स्वास्थ्य को दृष्टि ले विशेष महत्व राख्दछ। कागती भिटामिन ‘सी’ को उपुक्त र सर्वसुलभ श्रोत हो। यो फल खाने गरेमा यसले तौल घटाउन ठूलो सहयोग पुरयाउँदछ । कागतीमा भयको भिटामिन ‘सी’ प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन मद्दत गर्दछ। रक्तसञ्चारसँग जोडिएका समस्या, मधुमेह, आँखाको समस्याबाट बच्न पनि कागतीले महत्वपुर्ण भूमिका खेल्दछ। विशेषगरी, बिहान खाली पेटमा कागतीपानी पिएमा बढी फाइदा पुग्ने बताइन्छ ।

    १.कागतिमा प्रसस्त पाईने भिटामिन ‘सी’ ले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउदछ ।

    २. कागती स्वादमा अमिलो भएपनि यो क्षरिय बर्गको फलफुल हो। कागती पानी को नियमित सेवनले शरीरमा अम्ल र क्षारबीचको सन्तुलन बनाउन मद्दत पुग्छ ।

    ३. कागतीमा पेक्टिन फाइबर धेरै हुने भएकाले ठुलो(आन्द्रालाई स्वस्थ राख्न मद्दत गर्दछ। कागतीमा शक्तिशाली एन्टिब्याक्टेरियल गुण पनि छ ।

    ४. बिहान खाली पेटमा कागती पानी पिएमा शरीरबाट विजातीय द्रव्य निष्काशनमा सहयोग पुग्छ ।

    ५ . कागती पानीले पाचन क्रियालाइ पनि मजवुत वनाउन सहयोग गर्दछ ।

    ६ . कागती क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरसको राम्रो स्रोत हो ।

    ७ . कागती पानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।

    ८. रुघाखोकीको उपचारमा पनि कागती पानीले फाइदा पुर्याउदछ।

    ९. मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरूलाई स्वस्थ राख्न पनि कागतीले विशेष भूमिका अदा गर्दछ।

    १० . कागतीले युरिक एसिडलाई समन गर्न मद्धत गर्दछ।

    ११. कगतिले रक्ताचाप नियन्त्रण गर्न मद्धत गर्दछ।

    १२ . कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।

    १३ हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ ।

    १४. कागती पानीको नियमित सेवन ले बढेको तौल घटाउन पनि मद्धत गर्दछ।

    १५. छालाका दाग धब्बा हटायर छाला लाइ चम्किलो बनाऊदछ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend