logo

२०८३ साउन १३ बुधबार

नेप्से ३९ अंकले घट्यो, तीन अर्ब सात करोडको कारोबार

नेप्से ३९ अंकले घट्यो, तीन अर्ब सात करोडको कारोबार


हाम्रो राष्ट्र
  • बुधबार, २० असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । बुधबार शेयर बजार परिसूचक नेप्सेमा ठूलो अंकको गिरावट आएको छ । बुधबार नेप्से ३९ दशमलव २६ अङ्कले घटेको छ । आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा जीवन बिमा समूहको शेयर चार सय नौ र निर्जीवन बिमा समूहको शेयर तीन सय १० अङ्कभन्दा धेरैले घटेको छ । नेप्से उच्च अङ्कले घटे पनि कारोबार रकम भने हिजोको भन्दा केही बढेको छ ।

    मंगलबार दुई अर्ब ५७ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएकोमा आज तीन अर्ब सात करोड रुपैयाँको शेयर कारोबार भयो । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको १६ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भयो । आज दुई सय ७७ वटा कम्पनीका शेयर कारोबार हुँदा १४ वटाको मूल्य बढ्यो भने दुई सय आठ वटाको घटेको छ ।

    दुई वटा कम्पनीको शेयर मूल्य घटबढ भएन । आज बीपीडब्ल्यू लघुवित्त र मोदी इनर्जीको शेयर १० प्रतिशतले घटेको छ । मोदी इनर्जीको शेयर आज पहिलो कारोबारमै नकरात्मक सर्किट लागेको हो । समग्रमा बजार घटेको दिन आज सिटी होटल र रावा इनर्जीको शेयर १० प्रतिशतले बढेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend