logo

२०८३ साउन १३ बुधबार

सुडानको ओमदुरमानमा भएको हवाई हमलामा २२ जनाको मृत्यु

सुडानको ओमदुरमानमा भएको हवाई हमलामा २२ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • आइतबार, २४ असार २०८०
  • 1.1K
    SHARES

    सुडानको ओमदुरमान सहरमा भएको हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । राजधानी खार्तुमको छिमेकी सहर ओमदुरमानको आवासीय क्षेत्रमा शनिबार आक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    हवाई हमला राजधानी र अन्य ठाउँमा सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको सहरी क्षेत्रमा भएका झडपहरूमध्ये सबैभन्दा घातक थियो । गत महिना खार्तुममा भएको हवाई आक्रमणमा पाँच बालबालिकासहित कम्तीमा १७ जनाको मृत्यु भएको थियो ।

    आरएसएफले ओमदुरमानको आवासीय क्षेत्रहरूमा आक्रमणको लागि सेनालाई दोष लगाएको छ । जहाँ युद्धरत गुटहरू बीचको लडाइँ छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend