logo

२०८३ साउन १३ बुधबार

सीमा विवाद समाधानका लागि सहमतिमा आउन भारतलाई चीनको आग्रह

सीमा विवाद समाधानका लागि सहमतिमा आउन भारतलाई चीनको आग्रह


हाम्रो राष्ट्र
  • शनिबार, ३० असार २०८०
  • 1.2K
    SHARES

    चीनका एक जना वरिष्ठ कूटनीतिज्ञले भारतलाई सीमा विवाद समाधानका निम्ति सहमतिमा आउन आह्वान गरेका छन् ।

    दक्षिणपूर्वी एसियाली मुलुकहरूको सङ्गठन (आसियान) का विदेशमन्त्रीहरूको बैठकको सिलसिलामा जकार्तामा रहेका चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको विदेश मामिला आयोगको कार्यालयका निर्देशक वाङ यीले भारतका विदेशमन्त्री सुब्रमण्यम जयशङ्करसँग भएको भेटमा साझा हितमा ध्यान केन्द्रित गर्न आह्वान गरेका हुन् ।

    एसियाको सबैभन्दा धेरै जनसङ्ख्या भएका छिमेकीबीचको सीमा तनावलाई कम गर्न वरिष्ठ कूटनीतिज्ञ वाङले सहमतिमा आउन भारतलाई आग्रह गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

    वरियतामा चिनियाँ विदेशमन्त्रीभन्दा माथि रहेका चीनका उच्च कूटनीतिज्ञ वाङले दुई पक्षले एकअर्कालाई शङ्का गर्नुको सट्टा एक अर्कालाई समर्थन गर्नुपर्नेमा जोड दिएका थिए ।

    चीन र भारतको साझा हित आपसी मतभिन्नता भन्दा अधिक रहेकाले सहमतिमा आउन भारतलाई आह्वान नेता वाङले आग्रह गर्नुभएको चिनियाँ विदेश मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।

    भारत र चीनबीचको सम्बन्ध हालैका महिनामा सीमानालाई लिएर बिग्रिएको छ । भिसा विवादमा दुई पक्षले एकअर्काका लगभग सबै पत्रकारहरूलाई निष्कासन गरेका छन् ।

    भारत र उसको उत्तरी भाग लद्दाख क्षेत्रको सीमाङ्कन स्पष्ट नहुँदा सैन्य झडप र अवरोध हुँदै आएको छ । दुवै देश ‘सकेसम्म चाँडो’ सीमा विवाद सैन्य कमाण्डर तहको अर्को चरणको वार्ता गर्न सहमत भएका मन्त्रालयको विज्ञप्तिमा भनिएको छ

    बेइजिङले भारतको अरुणाचल प्रदेशलाई पनि तिब्बतको भूभाग भएको दाबी गर्दै आएको छभने कश्मीरलाई विवादित क्षेत्र मानेको छ । दुवै मुलुकबीचको चिसो सम्बन्धका बाबजुद चीन भारतको दोस्रो ठूलो व्यापार साझेदार हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend