logo

२०८३ साउन १४ बिहिबार

चीनमा आँधीका कारण लाखौँ मानिस प्रभावित

चीनमा आँधीका कारण लाखौँ मानिस प्रभावित


हाम्रो राष्ट्र
  • मंगलबार, २ साउन २०८०
  • 1.4K
    SHARES

    चीनको ग्वान्दोङ प्रान्तमा शक्तिशाली आँधीको प्रभावबाट जोगाउन करिब दुई लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यस वर्ष त्यहाँ आएको चौथो आँधी ‘तलिम’ उक्त प्रान्तको दक्षिणी तटमा करिब १४० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको थियो । आँधीले तटीय क्षेत्रमा क्षति पुर्याएको छ भने हावाहुरी र वर्षाका कारण सयौँ हवाई तथा रेल सेवा रद्द भएका छन् ।

    अब त्यो भियतनामको क्वाङ निन्ह प्रान्त र हाई फोङ सहरमा पुग्ने पूर्वानुमानपछि ती क्षेत्रका करिब ३० हजार मानिसलाई पनि सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।

    ‘तलिम’ स्थानीय समयअनुसार करिब साढे दश बजे जमिनमा बज्रिएको चीनको मेटेरोलजिकल एड्मिनिस्ट्रेसनले जानकारी दिएको छ । मङ्गलबार बिहानसम्ममा उक्त आँधीको गति कम हुन सक्ने र बुधबार ‘भियतनाम पुगेर कमजोर बन्दै अन्त्य हुनसक्ने’ उक्त निकायले जनाएको छ ।

    स्थानीय अधिकारीहरूले दर्जनौँ तटीय पर्यटकीय गन्तव्यहरू बन्द गर्न निर्देशन दिएका छन् । दक्षिणी टापु प्रान्त हाइनानमा छ मिटरसम्मको छाल आउन सक्ने स्थानीय सामुद्रिक पूर्वानुमान केन्द्रले चेतावनी दिएको छ । चीनको सिनजिआङमा हालसम्मकै अधिक ५२.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको केही दिनपछि आँधी आएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend