logo

२०८३ असोज ८ बिहिबार

धनी र गरिबको विभाजनले समस्या थप बढेको विश्व बैंकका प्रमुख बंगाको भनाई

धनी र गरिबको विभाजनले समस्या थप बढेको विश्व बैंकका प्रमुख बंगाको भनाई


हाम्रो राष्ट्र
  • बुधबार, ३ साउन २०८०
  • 1.2K
    SHARES

    विश्व बैंकका प्रमुख अजय बङ्गाले धनी र गरिब राष्ट्रबीचको बढ्दो विभाजनले विकासशील मुलुकमा गरिबी बढ्ने खतरा रहेको बताएका छन् । विश्व बैंकका अध्यक्ष बङ्गाले प्रगतिको अभावमा विश्व अर्थतन्त्र टुक्रिने खतरा रहेको बताएका हन् ।

    गुजरात राज्यको गान्धीनगरमा वित्तमन्त्री र केन्द्रीय बैंकका प्रमुखहरूको दुई दिने बैठकमा बङ्गाले अविश्वासले विश्वको उत्तर र दक्षिणलाई धनी र गरिबको विभाजनले अलग गरिरहेको बताए ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा मनोनीत भएपछि गत महिना बैङ्कको नेतृत्व सम्हालेका अङ्गीकृत अमेरिकी नागरिक बङ्गाले ग्लोबल साउथको निराशा बुझ्न सकिने बताए ।

    धेरै देशहरू अझै पनि कोरोनाभाइरस महामारीको दोहोरो प्रहार र युक्रेनमा रूसको युद्धको परिणामबाट उठ्ने क्रममा रहेका समय यो चेतावनी आएको हो । कोरोना भाइरस महामारी र रूस–युक्रेन युद्धले विश्वव्यापी ईन्धन र वस्तुहरूको मूल्यमा असर पारेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend