logo

२०८३ साउन १३ बुधबार

चीनमा तीन लाख १६ हजार भ्रष्टाचार मुद्दाको छानविन

चीनमा तीन लाख १६ हजार भ्रष्टाचार मुद्दाको छानविन


हाम्रो राष्ट्र
  • शनिबार, ६ साउन २०८०
  • 1K
    SHARES

    चिनियाँ सरकारका अनुशासन तथा अनुगमन निकायले यो वर्षको पहिलो छ महिनामा तीन लाख १६ हजार भ्रष्टाचारका मुद्दाको छानविन गरेको छ ।

    भ्रष्टाचार नियन्त्रण गर्ने देशको सबैभन्दा ठूलो निकायले शनिबार जनाएअनुसार १८ जना प्रान्तीय वा मन्त्रीस्तरका व्यक्तिसहित दुई लाख ५८ हजार जनामाथि कारबाही गरिएको छ ।

    चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन अनुसन्धान तथा राष्ट्रिय अनुगमन आयोगमा सोही अवधिमा १६ लाख ८० हजार उजुरी परेका थिए । ती मध्ये आठ लाख २८ हजार उजुरी उपर आवश्यक कारबाही गरिएको छ । अनुसन्धानका क्रममा एक लाख ७० हजार वटा सामान्य गल्तीका मुद्दा पनि नियामक निकायका अधिकारीले निरुपण गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend