logo

२०८३ साउन १३ बुधबार

कम्बोडियाको आम निर्वाचनमा हुन सेनको दलले जित हासिल गरेको दाबी

कम्बोडियाको आम निर्वाचनमा हुन सेनको दलले जित हासिल गरेको दाबी


हाम्रो राष्ट्र
  • सोमबार, ८ साउन २०८०
  • 1.2K
    SHARES

    कम्बोडियाका प्रधानमन्त्री सामदेक टेचो हुन सेनको सत्तारुढ दल कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले आइतबार भएको आम निर्वाचनमा भारी जित हासिल गरेको पार्टीका प्रवक्ताले बताएका छन् ।

    सीपीपीका प्रवक्ता सोक आइसानले आइतबार साँझ परिणामको पुष्टि गर्दै सीपीपीले आम निर्वाचनमा भारी जित हासिल गरेको बताए । राष्ट्रिय सभाका लागि १२५ जना सांसद निर्वाचित गर्न प्रत्येक पाँच वर्षमा एक पटक हुने निर्वाचनमा १८ राजनीतिक दलले प्रतिस्पर्धा गरेका थिए । आधिकारिक नतिजा अगस्ट ९ मा सार्वजनिक गरिने बताइएको छ ।

    कम्बोडियामा आइतबार सम्पन्न निर्वाचन सन् १९९३ पछि सातौं निर्वाचन हो । यसअघि सन् २०१८ मा भएको आम निर्वाचनमा सीपीपीले राष्ट्रिय सभाका सबै १२५ सिट जितेको थियो । सीपीपीले सन् १९७९ देखि दक्षिणपूर्वी एसियाली राष्ट्रमा शासन गर्दै आएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend