logo

२०८३ साउन १३ बुधबार

युरोपमा हरेक वर्ष बीस हजारभन्दा बढीको डुबेर मृत्यु

युरोपमा हरेक वर्ष बीस हजारभन्दा बढीको डुबेर मृत्यु


हाम्रो राष्ट्र
  • मंगलबार, ९ साउन २०८०
  • 1.2K
    SHARES

     

    युरोपमा हरेक वर्ष २० हजारभन्दा बढी मानिसको डुबेर ज्यान जाने गरेको छ ।  डुब्नबाट जोगाउने विश्व रोकथाम दिवसको पूर्वसन्ध्यामा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का युरोपेली क्षेत्रीय निर्देशक डा हान्स हेनरी पी. क्लुगेलेले उक्त जानकारी दिएका हुन् ।

    विश्वका सबैभन्दा अधिक मदिरा पिउनेहरू युरोपमा रहेकाले युरोपेली क्षेत्रमा डुबेर भएका मृत्युमध्ये २६ प्रतिशत मदिराका कारण भएका उनले सोमबार जारी गरेको वक्तव्यमा उल्लेख छ । अन्तरराष्ट्रिय आप्रवासन सङ्गठनका अनुसार सन् २०१४ यता बसाइँसराइका क्रममा करिब ३४ हजार मानिस डुबेका छन् ।

    डुब्नबाट जोगाउने विश्व रोकथाम दिवसका अवसरमा जारी गरिएको क्षेत्रीय निर्देशक डा क्लुगेलेको वक्तव्यअनुसार विश्वव्यापी रूपमा हरेक वर्ष  दुई लाख ३६ हजारले ज्यान डुबेर गुमाउँने गरेका छन् । पौडी पोखरीमा हुने दुर्घटनादेखि पानीजहाजलगायत जलयातायातका साधन पल्टिनेलगायत दुर्घटना तथ्याङ्कमा समेटिएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend