logo

२०८३ असोज ८ बिहिबार

सुडानमा १ करोड ४० लाख बालबालिकालाई मानवीय सहयोगको आवश्यकता

सुडानमा १ करोड ४० लाख बालबालिकालाई मानवीय सहयोगको आवश्यकता


हाम्रो राष्ट्र
  • शनिबार, २० साउन २०८०
  • 1.3K
    SHARES

    सुडानमा १ करोड ४० हजार बालबालिकालाई मानवीय सहयोगको  आवश्यकता रहेको संयुक्त राष्ट्रसंघ बाल एजेन्सी(युनिसेफ) ले उल्लेख गरेको छ । जारी द्वन्द्वले भोकमरीको सङ्कटलाई थप गहिरो बनाएको छ।

    सुडानका १७ लाखभन्दा बढी बालबालिका भोक, रोग, हिंसा र परिवार पृथकताको जोखिमको सामना गर्दै घरबाट विस्थापित भएका छन्।
    यो सङ्ख्या पछिल्लो सङ्कट अघि सुडानमा विस्थापित भएका १९ लाख बालबालिकाको अतिरुक्त सङ्ख्या हो ।

    पाँच वर्ष मुनिका ३० लाख बालबालिका कुपोषित छन् भने ७ लाख गम्भीर कुपोषण र मृत्युको जोखिममा छन्। एक वर्ष मुनिका १७ लाख बालबालिका महत्वपूर्ण खोपहरूबाट वञ्चित छन् ।

    अप्रिलको मध्यमा सुडानमा द्वन्द्व शुरु भएदेखि युनिसेफका अनुसार कम्तिमा ४३५ बालबालिका मारिएका छन् र २,०२५ भन्दा बढी घाइते भएको पनि सीएनएनले रिपोर्ट गरेको छ।

    सुडानमा २ करोड भन्दा बढी मानिसहरूले गम्भीर भोकमरीको सामना गरिरहेका छन् जुन सङ्ख्या गत वर्षको तुलनामा झन्डै दोब्बर भएको पनि संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ।

    अप्रिल १५ मा सेना र र्याििपड सपोर्ट फोर्सबीच युद्ध शुरु भएको थियो। यस द्वन्द्वले गर्दा सुरक्षाको खोजीमा छिमेकी देशहरूमा गएका ८४४,००० सहित करिब ३५ लाख मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend