logo

२०८३ साउन १४ बिहिबार

मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८१ लाख राजस्व सङ्कलन

मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८१ लाख राजस्व सङ्कलन


हाम्रो राष्ट्र
  • सोमबार, २२ साउन २०८०
  • 1.1K
    SHARES

    जुम्ला । जुम्ला मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७९/८० एक करोड ८१ लाख ५० हजार आठ सय ७८ राजस्व सङ्कलन गरेको छ ।

    कार्यालयले रजिस्ट्रेशन दस्तुरतर्फ ९२ लाख ९३ हजार आठ सय ५५, जग्गा रोक्कातर्फ १८ लाख ७६ हजार ९८५, पुँजीकर लाभकरतर्फ ६४ लाख छ हजार पाँच सय ९८ र विविध शीर्षक अन्तर्गत  पाँच लाख ७३ हजार चार सय ४० राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले जानकारी दिए ।

    राजीनामा, अंशबण्डा, बकसपत्र, रोक्कालगायतका शीर्षकबाट यहाँका सात गाउँपालिका र एक नगरपालिकाबाट नौ सय ६५ रजिस्ट्रेशन लिखत पारित भएको उनको भनाइ छ ।

    आव २०७८/७९ र २०७९/८० मा लक्षित वर्गका लागि २२ लाख ६१ हजार २८१ राजस्व छुट गरिएको छ । नगरपालिकाका लागि २५ प्रतिशत र गाउँपालिकाका लक्षित वर्गलाई ५० प्रतिशत राजस्व छुटको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend